सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी, प्रेसको संवैधानिक हकको रक्षाका साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्वाध सूचना उपभोगको सुनिश्चितताका लागि नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोकले संकलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ । हिजो नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने सहितको टोलीले प्रजिअ गोपालप्रसाद अधिकारीलाई संकलित उक्त हस्ताक्षर पत्र बुझाएको हो ।
