IMG-LOGO

जिल्लाका १३ वटा नै स्थानीय तह सम्मानित

 मंगल, जेठ २६, २०८३  रमेशप्रसाद न्यौपाने

    जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको जिल्लाका १३ वटा नै स्थानीय तहलाई सम्मान गरेको छ । विहीवार धुलिखेलमा आयोजित ’नवौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८२÷०८३ को दोस्रो चौमासिकसम्मको प्रगती समिक्षा कार्यक्रममा’ जिल्लाका सबै नगर तथा गाउँपालिकाहरुलाई फरक फरक क्षेत्रमा सफल अभ्यास स्थापित गर्न सक्षम भएको भन्दै सम्मान गरेको हो । उक्त समारोहमा जिल्ला समन्वय समितिले जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकालाई कफी प्रवद्र्धन, कृषक प्रोत्साहन, सुशासन तथा लगातार तीन आर्थिक वर्ष शुन्य बेरुजु उत्कृष्टता बन्न सफल पालिकाको रुपमा सम्मान गरेको छ । सो गाउँपालिकाले कफी खेती प्रवद्र्धनतर्फ ’जसले रोप्छ कंफीको बोट, उसले पाउँछ रु बीसको नोट’ नाराका साथ कफी खेती मार्फत कृषकको आम्दानीमा वृद्धि गर्ने अभियानलाई अगाडी सारिएको छ भने लगातार रुपमा तीन आर्थिक वर्षसम्म शुन्य बेरुजु पालिका बनाउन सफल भएकामा जिल्ला समन्वय समितिले सम्मान गरेको हो ।
    त्यस्तै मण्डनदेउपुर नगरपालिकालाई डिजिटल सुशासन तथा सूचना प्रविधि नवप्रवर्तन एवं बेरुजु व्यवस्थापनतर्फ बागमती प्रदेशका नगरपालिकाहरुमध्ये प्रथम भएकोमा सम्मान गरेको छ । त्यस्तैगरी खानीखोला गाउँपालिकालाई कफी उत्पादन प्रोत्साहन तथा किसान शसक्तिकरणतर्फ उत्कृष्ट पालिका बनाउन सफल भएकोमा सम्मान गरेको छ । त्यसैगरी धुलिखेल नगरपालिकालाई स्वस्थ शहर घोषणा तथा जनस्वास्थ्य उत्कृष्टता, बनेपा नगरपालिकालाई कृषि बजारीकरण तथा स्थानीय अर्थतन्त्र प्रवद्र्धतन, पनौती नगरपालिकालाई कृषक सुरक्षा तथा पशु बीमा नवप्रवर्तन, पाँचखाल नगरपालिकालाई विषादीरहित कृषि तथा हरित उत्पादन प्रवद्र्धन र नमोबुद्ध नगरपालिकालाई जलाधार संरक्षण तथा दजस्रोत पुनरजीवनतर्फ उदाहरण प्रस्तुत गर्न सकेकामा सम्मान गरेको छ ।
    समितिले जिल्लाको रोशी गाउँपालिकालाई विपद् हेल्प डेस्क स्थापना तथा प्रभावकारी विपद् व्यवस्थापन अभ्यासमार्फत जोखिम न्युनिकरण विपद् प्रतिकार्य क्षमता अभिबृद्धि तथा समुदायको उत्थान सुदृदृकरणमा उल्लेखनीय योगदान पुरÞ्याई सुरक्षित र सक्षम समाज निर्माणमा उदाहरण प्रस्तुत गर्न सफल भएकोमा, भुम्लु गाउँपालिकालाई वन संरक्षण तथा डढेलो नियन्त्रण उत्कृष्टता र चौरीदेउराली गाउँपालिकालाई कृषि पकेट क्षेत्र विकास तथा उत्थान प्रवद्र्धनमा उदारहणीय कार्य सफल भएको सम्मान गरेको हो ।
    जिल्लाको तेमाल गाउँपालिकालाई रणनीतिक सडक पूर्वाधार विकास एवं स्थानीय शासन कार्य सम्पादन मुल्याङ्कन प्रणालीमा जिल्लाभित्र उत्कृष्ट हुन सफल भएकोमा सम्मान गरेको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जनाएको छ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिपक कुमार गौतमले सभापतित्व ग्रहण गर्नुभएको थियो ।

स्थाीय तह लोकतन्त्रको पहिलो विद्यालय सभामुख ः अर्याल
    समोरोहलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद अर्यालले स्थानीय सरकार लोकतन्त्रको पहिलो विद्यालय भएको बताउनुभयो । विगतका सरकारले नागरिकहरुले अयनत्व महसुश गर्नेगरी अभिभावकको भूमिका नखेलेको कारण जेन–जी आन्दोलनबाट नयाँ सृजीत परिस्थितिबाट गत फागुण २१ गतेको निर्वाचनमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाइ नजिकको मत दिई भरोसा गरेको धारणा राख्नुभयो । सरकारको पहिलो काम नै देशमा भ्रष्टाचारको अन्त्य, सुशासन, पादर्शीता कायम गरी देशमा विकास र समृद्धि ल्याउन एक जुट हुनुपर्ने कुरा सभामुख अर्यालले राख्नुभयो । रास्वपा पार्टी सभापति रवि लामिछानेको जिल्ला भएकोले आपूm काभ्रे आएको बताउँदै भन्नुभयो ः काभ्रेका स्थानीय तहले नागरिकहरुको लागि पं्रसम्सानीय कार्य गरेकोमा खुसि लागेको बताउनुभयो । वहाँले मन्तव्यको क्रममा विगतको सरकारको पालामा ड्राइभिङ लाइसेन्स २ वर्ष सम्म पनि नदिएकोमा नागरिक धेरै आक्रोसित थ्एि तर नयाँ सरकार गठनपछि तिब्रगतिमा कार्य भई सुरक्षण मुद्रण प्रेस काभ्रेबाट नै २४ घण्टामा लाइसेन्स छापी वितरण गरेको भन्नुपर्नेमा वोलि लरबरिएर नागरिकहरुले नागरिकता प्राप्त गरेको उल्येख गर्दा सभामा उपस्थित सबै गललल हाँसेका थिए । कार्यक्रममा प्रस्त पार्दै सभामुख अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले संवैधानिक व्यवस्था अनुसार आ–आप्mनो कार्यक्षेत्र अनुरुप कार्यकारी देशमा सुशासन कायम गरी दिगो विकास लक्ष्य हाँसिल गर्नुपर्ने औंल्याउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य उप–प्रमुख रिमबहादुर तामाङले गर्नुभएको थियो । कार्यक्रमको संचालन समन्वय अधिकारी शिवप्रसाद होमागाइले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्