बनेपा/गुणस्तरीय शिक्षा प्रदानलाई मुलमन्त्र बनाउँदै आएको सिद्धार्थ स्कुलले एसईई २०८२ मा ४ जिपिए ल्याउने २ जना विद्यार्थी लगाएत सम्पुर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । २०८२ को एस ई ई परिक्षमा सन्जु हुमागाई र युना श्रेष्ठले ४ जीपीए प्राप्त गर्दै विद्यालयको गरिमालाई उच्च बनाएका छन् । ३० जना विद्यार्थीले उच्च जीपीए हाँसिल गर्न सफल भएको विद्यालयले जनाएको छ । उत्कृष्ट नतिजा सहित उतिर्ण विद्यार्थीहरूलाई एक कार्यक्रमका विच सम्मान गरिएको हो ।
विद्यालयका संस्थापक प्रिन्सिपल तथा कार्यक्रमका सभापति ज्ञान बहादुर केसीले २०४० सालमा स्थापना गरिएको स्कुलले २०५२ सालमा पहिलो पटक १४ जना विद्यार्थीहरुले एसएलसी दिएको बताउनुभयो । १४ जना विद्यार्थीहरु नै एसएलसीमा प्रथम श्रेणीमा उतिर्ण हुन सफल भएको केसीले जनाउनुभयो । विद्यालयले २०५४ साल र २०६१ सालको परिक्षामा बोर्ड प्रथम, पटक पटक जिल्ला प्रथम र २०८२ मा २ जना विद्यार्थीहरुले ४ जिपिए ल्याउन सफल भएको केसीले उल्येख गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल गुञ्ज प्रसाद लुईटेलले ४ जिपिए ल्याउने विद्यार्थीलाई कक्षा ११ र १२ मा पुर्ण छात्राबृत्ति प्रदान गर्ने घोषणा गर्नुभयो । विद्यालयको कक्षा ११ र १२ मा एआई मैत्री स्मार्ट बोर्ड राखी कक्षा सञ्चालन गरिएको, प्रविधि मैत्री बाताबरण, पर्याप्त ल्याब, गुणस्तरीय शिक्षा प्रदान गरिदै आएकाले सम्पुर्ण अभिभावकहरुलाई विद्यालय अवलोकन गर्न लुईटेलले आग्रह गर्नुभएको थियो । लुईटेलले विद्यार्थीहरूको मेहनत, शिक्षकको लगनसिलता, समय समर्पण र अभिभावकको सहयोगका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी पुर्व वागमती प्रदेस शिक्षा मन्त्रालयका सचिब चन्द्र प्रसाद लुईटेलले विद्यार्थीहरुमा आफ्नो योग्यता क्षमता अनुरुप भएकाले सबै विद्यार्थीहरुले सक्षमता हाँसिल गरेको बताउनुभयो । कार्यक्रममा २०८२ को एस ई ई परिक्षमा २ जना ४ जिपिए, २८ जनाले उत्कृष्ट जिपिए ल्याएको बताईएको थियो । कार्यक्रममा मदानि विट अनलाईनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण तिमल्सिना, सामुदायिक रेडियो प्रसारक संघ काभ्रेका संयोजक एवं काभ्रे टाईम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने, विद्यालयका सह प्रिन्सिपल सुधिर न्यौपाने, शिक्षक श्रीबहादुर कार्की लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
