IMG-LOGO

भालेश्वर माविको ६९ औं वार्षिकोत्सव सम्पन्न

 मंगल, जेठ ५, २०८३  गोविन्द प्रसाद भैनाली

    शैक्षिक स्तर बिकासमा इटाँ थप्न लागि परेको भालेश्वर माध्यमिक विद्यालयको ६९ औं बार्षिकोत्सव समारोह विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षता तथा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । 
    उक्त अवसरमा विद्यालयलाई चन्दादान गरी छात्रबृत्ति कोषको स्थापना गर्ने ५ जना ब्यक्तिहरुले विद्यार्थीहरुलाई छात्रबृत्ति पुरस्कार वितरण गरेको छ । विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाले २०७४–२०८२ सम्मको शैक्षिक, भौतिक, आर्थिक तथा विद्यार्थीहरुहरुको गुणस्तरको विश्लेषणका बारेमा जानकारी गराएका थिए । २०७४ सालमा १४ आना जग्गामा रहेको विद्यालयमा ४ सय १२ जना विद्यार्थी अध्ययन गर्दथे । हाल ३४ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा २७ करोड बराबरको पुर्वाधार निर्माण भएको छ । कक्षा कोठा, नर्सिङ स्टेशन, परामर्श कक्ष, आइ.सी.टी.ल्याव, लाईब्रेरी, विज्ञान प्रयोगशाला, गणित प्रयोगशाला, नृत्य कक्ष, सांस्कृतिक गायन कक्ष, खेलकुद कक्ष, सि.जि. ल्याव, क्याफेटेरीया, कार्यक्रम हल, अफिस तथा प्रशासनीक कक्ष, रिसेप्सन, शिक्षक आवास, सुरक्षित र ब्यवस्थित घेराबार, शौचालय युरीनल, शौचालय, स्कुल बस, स्मार्ट बोर्ड, कम्प्युटर लगायतका पुर्वाधारहरुको व्यवस्था भएको बताउनुभयो । 
    प्रत्येक कक्षामा इन्टरनेट कनेक्टीभिटी, प्रत्येक कक्षामा स्पिकरणको ब्यवस्था, कम्यूटर, प्रोजेक्टर, सि.सि.टि.भि को ब्यवस्था, खेलमैदानहरुको ब्यवस्था गरिएको छ । भलिबल, ब्याडमिन्टन, तेक्वान्दो, टेवलटेनिस, मिनी फुटबल, धारा शौचालयको उचित प्रवन्ध, बगैचा, प्रार्थना स्थल, प्ले स्टेशनको ब्यवस्था रहेको छ । रेट्रोफिट गरेको भवनमा बालविकास मन्टेश्वरी मोडलमा संचालन गरिएको छ । बालविकासमा १४२, कक्षा १–५ मा ३०३, कक्षा ६–८ मा २५१, कक्षा ९–१० मा २४२ र ११–१२ मा २ सय ८४ गरी १२२० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । नयाँ विद्यार्थी २ सय २३ जनालाई स्वागत गरिएको छ । कक्षा ११ मा भर्ना हुन बाँकी छ भने कक्षा १२ बाट १ सय ३७ जनाले परीक्षा दिएका छन् । सोहि विद्यालयबाट कक्षा १२ उर्तिण भएका विद्यार्थीहरु इन्जिनीयरीङ, चिकित्सा शास्त्र, चार्टड एकाउन्टेट जस्ता क्षेत्रहरुमा पुगेको प्रधानाध्यापक थापाले उल्येख गर्नुभयो । 
    एसईइमा उत्कृष्ट सहित शत प्रतिशत नतिजा नगर र जिल्ला प्रथम हुँदै आएको विद्यालयले ३३ जना शिक्षक कर्मचारीलाई विद्यालयको आन्तरिक श्रोतबाट रोजगार दिएको छ भने ३३ जना दरवन्दी अनुसारका शिक्षक कर्मचारी कार्यरत छन् । अभिभावकको सहयोगबाट संचालन भएको विद्यालय जिल्लाकै नमूना विद्यालयमा पर्दछ । २०७३÷२०७४ सालमा १ करोड २० लाख ३८ हजार २ सय ४८ रुपैया कारोवा भएकोमा २०८१÷२०८२ मा ६ करोड ८७ लाख ३१ हजार २ सय २० रुपैया कारोबार भएको छ । १३ लाख मौज्दातबाट १ करोड ३८ लाख ९४ हजार पुगेको छ । खरिद प्रकृया खरिद ऐन तथा नियम पूर्ण कार्यान्वयन गरिएको प्रधानाध्यापक थापाले बताए । राष्ट्रपति रनिङ शिल्ड, जिल्ला, प्रदेश र नगर स्तरीय खेलकुद, अतिरिक्त कृयाकलाप, निशुल्क तेक्वान्दो प्रशिक्षण लगायतका कार्यक्रमहरुले विद्यार्थीहरुलाई शिक्षणसँगै अन्य क्षेत्रमा पनि सक्रिय गराएको वहाँको कथन थियो । 
    बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथी अणप्रसाद न्यौपानेले सामुदायिक विद्यालयको उचित ब्यवस्थापन र शैक्षिक गुणस्तर वृद्धि गरेको सहयोग रहेकोमा बधाई र धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रमुख गिता बञ्जाराले पनौती नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षामा आर्थिक स्रोत सहयोग गरेको बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सविता उप्रेती, नगरपालिका शिक्षा शाखाका महेश्वर जंगम, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, शिक्षक संगठनका अध्यक्ष भिमसेन हुमागाई, वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, शिक्षक अभिभावक संघकी अध्यक्ष शारदा न्यौपाने, शिक्षक हरिप्रसाद तिमल्सिना लगायतले भालेश्वर माध्यमिक विद्यालयले प्रदान गरेको शैक्षिक क्रियाकलापको बारेमा प्रष्टयाउनु भएको थियो । १८ वर्ष देखि निरन्तर विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्