बनेपामा शनिबार सम्पन्न भएको “दोस्रो मेयर कप कराते प्रतियोगिता” २०८३ मा पाँचखाल डोजो प्रथम भएको छ । जसमा साँगा डोजो दोस्रो, काभ्रे कराते एकेडेमी तेस्रो भए । त्यसैगरी उत्कृष्ट छात्र खेलाडी सायाङ लामा, उत्कृष्ट छात्रा खेलाडी रसिना चौ प्रधान र उदयमान खेलाडीमा नेपाल प्रहरी स्कुलकि श्रेया बोहरा घोषित भए । नेपाल कराँते महासघं काभ्रेको आयोजना, नेपाल सितोरियो कराँते डो. सघं काभ्रे तथा काभ्रे कराते एकेडेमीको सहआयोजना र बनेपा नगरपालिकाको मुख्य सहयोगमा उक्त खेल शनिबार सम्पन्न भएको थियोे । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक बिकासमन्त्री कन्चनचन्द्र बादे, बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, नेपाल कराँते महासघं काभ्रेका अध्यक्ष प्रताप बैध,काभ्रे कराते एकेडेमीका अध्यक्ष गौतम मानन्धर, नेपाल सितोरियो कराँते डो. सघं काभ्रेका अध्यक्ष सुरेश कारन्जित लगायत खेलाडी एवं खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । सुचना अधिकारी कविर कुमार रंजीतले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । १२ वटा टिम सहभागी उक्त प्रतियोगितामा १६ वटा गोल्ड मेडल, १६ वटा रजत सिलझर र ३२ वटा कास्य पदक प्रदान गरिएको थियो । कार्यक्रमको संयोजक श्याम सुन्दर कुँवर रहनुभएको थियो । उक्त प्रतियोगिताको बनेपा नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गरेको थियो ।
