आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट तर्जुमा तथा योजना छनौट प्रक्रियाका क्रममा सांसदहरु रुकु चौलागाईं, लक्ष्मण लम्साल, तीर्थ लामा तथा सांसद एवं बागमती प्रदेश सामाजिक बिकास मन्त्री कञ्चनचन्द्र बादे सहित भौतिक पूर्वाधार, खानेपानी, सिँचाइ, स्वास्थ्य तथा सामाजिक विकास लगायतका क्षेत्रका योजनाहरू छनौट गर्न सम्बन्धित सरोकारवालाबीच बैठक सम्पन्न ग¥यो । उक्त बैठकमा भुम्लु गाउँपालिका को तर्फबाट स्थानीय आवश्यकता, विकास प्राथमिकता तथा दीर्घकालीन जनहितलाई केन्द्रमा राखी विभिन्न महत्वपूर्ण योजनाहरू प्रस्तुत गरिएको छ । भुम्लु गाउँपालिकाको समग्र विकास, सेवा पहुँच विस्तार तथा नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले प्रस्तुत योजनाहरूलाई आगामी बजेटमा समावेश गरिने अपेक्षा गरिएको कुरा भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताउनुभयो ।
