ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले विद्यालयले एसइई परीक्षा २०८२ मा सहभागी तथा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान र प्रेरणा प्रदान गर्ने उद्देश्यले आयोजना गरेको विदाई कार्यक्रम सम्पन्न भएको छ । सञ्चालक अध्यक्ष सुरकृष्ण वैधको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहायक प्रिन्सिपल नवराज चौलागाईले स्वागत मन्तव्यबाट भएको थियो । वहाँले विद्यालय परिवारको तर्फबाट सम्पूर्ण अतिथि, अभिभावक तथा विद्यार्थीहरूलाई स्वागत गर्दै एसइई जीवनको एउटा महत्वपूर्ण मोड भएको बताउनुभयो । उनले विद्यार्थीहरूलाई आगामी यात्रामा अनुशासन, लगनशीलता र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे । “विद्यालयले सिकाएको ज्ञान र संस्कारलाई जीवनभर आत्मसात् गर्न सके विद्यार्थी जहाँ पुगे पनि सफल हुन्छन्,” उनले भने । साथै उनले विद्यालयले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अभिभावकहरूको नेतृत्व गर्दै राजन अधिकारीले मन्तव्य व्यक्त गर्नुभयो । त्यसैगरी, कार्यक्रमका प्रबन्ध निर्देशक प्रताप वैद्यले विद्यार्थीहरूलाई जीवनमा ठूलो सपना देख्न र त्यसलाई पूरा गर्न दृढ संकल्पका साथ अघि बढ्न प्रेरित गर्नुभयो । एसइईलाई जीवनको अन्तिम गन्तव्य नभई नयाँ यात्राको सुरुवातका रूपमा लिन प्रबन्ध निर्देशक बैद्यले आग्रह गर्नुभयो । कार्यक्रममा सञ्चालक आत्माराम थापाले पनि मन्तव्य राख्दै विद्यार्थी जीवनका विविध अनुभव र चुनौतीबारे चर्चा गर्नुभयो । कार्यक्रममा शिक्षक निश्चल लामाले विद्यार्थीहरूको सफलताको शुभकामना व्यक्त गर्दै शिक्षाको महत्वबारे प्रकाश पारे । वहाँले विद्यार्थीहरूलाई पढाइसँगै नैतिक शिक्षा, अनुशासन र व्यवहारिक ज्ञानलाई पनि जीवनमा लागू गर्न सुझाव दिनुभयो ।
मिसन उप्रेतीले विद्यालयमा बिताएका वर्षहरू जीवनकै महत्वपूर्ण र अविस्मरणीय क्षण भएको बताउनुभयो । कृशला चौलागाईंले विद्यालय परिवारसँग छुट्टिनुपर्दाको क्षण भावुक भएको उल्येख गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत दिएका थिए । गीत, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । सहभागीहरूले विद्यार्थीहरूको प्रतिभाको प्रशंसा गरेका थिए ।
कार्यक्रमको विद्यालयका सञ्चालक अध्यक्ष सुरकृष्ण वैधले समापन मन्तव्य राख्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो । वहाँले शिक्षा जीवन परिवर्तन गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई निरन्तर अध्ययन र मेहनत गर्न प्रेरित गरे । सभापति वैधले विद्यालयले विद्यार्थीहरूको भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । वहाँले विद्यार्थीहरूलाई समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो ।
