संघ संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएका गैर सरकारी संस्थाहरु ज्यादै न्यून मात्रामा मात्र नविकरण हुने गरेका छन् । जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रेको अभिलेखिकरण अनुसार २०८३ बैशाख १५ गते सम्ममा २४१२ संघ संस्था दर्ता भएको कुरा कम्प्यूटर अपरेटर विनिता गिरीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा २ सय १८ संघ संस्था नविकरण भएको प्रशासन कार्यालयले जनाएको छ । गत वर्ष २ सय ६२ संघ संस्थाले नविकरण गरेका थिए । चालु आर्थिक वर्ष २०८२÷०८३ मा १० प्रतिशतले मात्र नविकरण गरेको देखिन्छ । प्रशासकीय अधिकृत राजु शर्माले सामाजिक संघ संस्थाको काम कारवाही के कस्तो गरेको छ सोको बारेमा अनुगमन गर्नुपर्ने जनाउनु भयो । वहाँले संघ संस्थाको अभिलेखिकरण थप उचित व्यवस्थापन प्रशासन कार्यालयले गर्दै जाने बताउनुभयो ।
