धुलिखेल/नेकपा एमाले धुलिखेल नगर कमिटिले नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवस मनाएको छ । काभ्रे भञ्याङ्गमा रहेको मदन भण्डारीको शालिकमा माल्यापर्ण गर्दै मदन–आश्रितको राजनीतिक यात्रा योगदान र विचारधाराका बारेमा चर्चा गरिएको थियो । धुलिखेल नगर कमिटि अध्यक्ष बिष्णु धितालको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय सदस्य अशोक ब्यान्जु हुनुहुन्थ्यो । उक्त स्मृती कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष राजन भुर्तेल, उपाध्यक्ष देवसागर लामा, सचिब राजकुमार सापकोटा, वागमति प्रदेश सचिबलय सदय हरिशरण दाहाल, लगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी ब्यान्जुले जनताको बहुदलीय जनवाद विचार आदर्श मदन भण्डारीले देखाएको जनमुखी राजनीति, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धता हिजो, आज र भोलिका लागि पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । विक्रम संवत २०५० जेठ ३ गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा परेर मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।
