मितेरी छात्रवृति कोषले जेहन्दार तथा गरिवलाई दिदै आएको छात्रवृतिलाई निरन्तरता दिदै आएको छ । ३८ वर्षदेखिको निरन्तरता – “मितेरी छात्रवृत्ति कोष, बनेपा“ द्वारा शैक्षिक सत्र २०८३ को लागि काभ्रे जिल्लाका ३६ वटा विद्यालयका १२१ विद्यार्थीहरु (छात्र ४५ र छात्रा ७६) लाई शैक्षिक सामग्री, पोशाक खर्च, विद्यालय खर्च शनिबार वितरण गरिएको कुरा समाज सेवी टिकाभक्त भोछिभोयाले जानकारी दिनुभयो ।
