नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान भन्दा दायाँ–बायाँ सरकार गएमा कांग्रेसले ट्रयाकमा राख्ने काम गर्नुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेसले आयोजना गरेको प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेश स्तरीय भेलालाई सोमबार धुलिखेलमा सम्बोधन गर्नुहुदै कांग्रेस सभापति थापाले कांग्रेस नै देशको मुख्य राजनीतिक शक्ति भएको दाबी गर्नुभयो । प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई कार्यकर्तामुखी हुन र कार्यकर्ताहरुले पनि जनप्रतिनिधिहरुले गरेका असल अभ्यासहरुको प्रचार गर्न उहाँले निर्देशन दिनुभयो । विशेष महाधिबेशन पछि उत्पन्न विवाद समाधान भए पनि पार्टीका केहि नेताहरुले गरिरहेको अलग्गै भेला र असन्तुष्ट प्रति सभापति थापाले पार्टीलाई एकढिक्का बनाउन आफू सदैव तयार भएको स्पस्ट पार्नुभयो । धुलिखेलमा आज (मंगलबार) सम्म चल्ने भेलालाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल, प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, केन्द्रिय सदस्य मधु आचार्य, उदय शम्सेर राणा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियोे । ’उर्जा र विश्वासको नविन अभियान, जरा अभियान’ शुरु गरेको कांग्रेसको उक्त भेलामा स्थानीय, प्रदेशका नेता÷कार्यकर्ताहरु, शुभेच्छुक तथा भातृ संघ संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो ।
