पाँचखाल नगर कृषि सहरको नारालाई आत्मसाथ गरी पाँचखाल नगरपालिकामा कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले २ दिने कृषि मेला आयोजना ग¥यो । पाँचखाल नगरपालिका र प्यारो हरियो नेपालको संयुक्त आयोजनामा आज र भोली पाँचखालको तामाघाट बोहोरे दोभान चोकमा रहेको कृषि उपज संकल तथा बजार केन्द्रमामा मेला शुरु भएको छ ।
मेलाको उद्घाटन पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गर्नुभएको थियो । खरेलले पाँचखाल नगरपालिका कृषि शहर भएको पालिका रहेको बताउँदै फलफुल तथा तरकारीमा बिषादी न्युन रहेको बताउनुभयो । लवग्रीन नेपाल सगं सहकार्यमा पाँचखाल नगरपालिकाका १ हजार २ सय भन्दा बढी कृषकहरुलाई आई पिएम पद्धतिबाट तरकारी खेती गर्न तालिम प्रदान गरिएको र उक्त प्रबिधि मार्फत तराकारी अर्गानिक खेति गर्न प्रोत्साहित गरेको बताउनुभयो ।
लवग्रीन नेपालका महासचिब तथा कार्यक्रमका सभापति राजिव रत्न शाक्यले पाँचखाल नगरपालिकामा विगत ९ वर्ष देखी आई.पि.एम सम्बन्धी काम गर्दे आएको जनाउनुभयो । लब ग्रीन नेपालले २०७४ सालदेखि पाँचखाल नगरपालिकासँग सहकार्य गर्दै रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोग न्यूनीकरण गर्ने अभियानमा सक्रिय रूपमा लागेको सकारात्मक परिणामस्वरूप विषादी परीक्षणका नतिजाहरू सुधार हुँदै गएका छन् भने धुलिखेल, बनेपा, काठमाडौं लगायत १६ वटा स्थानमा “आई.पि.एम. पहिचान” सहित पाँचखालका तरकारी बिक्री वितरण भइरहेको शाक्यको कथन थियो ।
वि.सं. २०८० सालको आश्विन महिनादेखि सञ्चालन गरिएको “ताजा आई.पि.एम. तरकारी उत्पादन तथा बजारीकरण परियोजना” अन्तर्गत गत चैत्र मसान्तसम्म १२ लाख ८ हजार किलोभन्दा बढी तरकारी आई.पि.एम. पहिचानसहित बजारमा बिक्री भएको शाक्यको भनाइ रहेको छ । कार्यक्रममा पाँचखाल नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष संजय लामा, राष्ट्रिय कृषि कम्पनि नेपालका अधयक्ष विशाल हुमागाई, कृषक सजन गिरी लगाएतले कृषि मेलाका बारेमा मन्तब्य राखेका थिए । कृषि मेलमा बाली शिबिर संचालन, रैथाने उत्पादनहरुको प्रदर्शनी र बिक्रि, कृषि उपजहरुको प्रतिस्पर्धात्मक कार्यक्रम, कृषक र कृषक समुहहरुसंग प्रत्यक्ष सम्वाद, आई.पि.एम. पद्धतिद्धारा उत्पादित कृषि उपजहरुको प्रर्दशनी तथा बिक्रि, पाँचखाल नगरपालिकामा उत्पादित आलु लगाएत अन्य उपजहरुको परिकार, उत्कृष्ट कृषक तथा समुहलाई पुरस्कार तथा सम्मानको उचित व्यवस्था रहेको लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञावालीले जनाउनुभयो ।
