काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ सालको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिए । चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो । ६५.९८ प्रतिशत एर्ईईमा उतिर्ण भएका छन् । गत वर्ष भने ६१.८१ प्रतिशत उतिर्ण भएका थिए । यस वर्ष ४८ हजार ३ सय ९२ ले ३.६० जीपिए ल्याउन सफल भएका छन् । नियमित तर्पm ४ लाख २१ हजार परीक्षा दिएका थिए । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी सहभागी भएका थिए । देशमा १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा संचालन भएका थियो । नयाँ सरकारले यस पटक २९ दिन भित्र नतिजा सार्वजनिक गरेको छ ।
