IMG-LOGO

तीन न्यायाधीश कसरी अस्वीकृत भए ?

 मंगल, बैशाख २९, २०८३  फडिन्द्र शर्मा

    संवैधानिक परिषदले चौथो वरियता क्रममा रहेका डा. मनोजकुमार शर्मालाई सिफारिस गरेपछि प्रधानमन्त्री बालेन साहप्रति चौतर्फी प्रश्न गरिएको छ । प्रधानन्यायाधीश भइसकेकी पूर्व प्रधानमन्त्री सुशीला कार्कीले चर्को विरोध गर्दै सिनियर न्यायाधीश सपना मल्ल प्रधानलाई प्रधानन्यायाधीश नबनाउनु डेढ करोड महिलाको अपमान भएको बताएकी छिन् । सिफारिस भएका प्रधानन्यायाधीश डा. शर्मालाई राष्ट्रपतिले रामचन्द्र पौडेलले सपथ खुवाएपछि उनको पद बहाली हुनेछ । उनको कार्यकाल छ वर्षको हुनेछ । 
    उता बरिष्ठ अधिवक्ता र कानुन मन्त्री भइसकेका पूर्वराजदूत निलाम्बर आचार्यले पनि  प्रधानन्यायाधीशका लागि चौथो वरीयताका मनोजकुमार शर्मालाई रोजिएको भन्दा पनि पहिलादेखि तेस्रो वरीयताको न्यायाधीशलाई अस्वीकार गरिनुमा प्रश्न रहेको बताएका छन् । संवैधानिक परिषद्ले बिहीबार चौथो वरीयताका डा. मनोज शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उनले यस्तो लेखेका हुन् ।  
    ‘प्रश्न के होइन भने चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई किन रोजियो । प्रश्न के हो भने पहिलो वरीयताका सपना प्रधान मल्ललाई किन अस्वीकार गरियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैगरी दोस्रो र तेस्रो वरीयताका कुमार रेग्मी र हरिप्रसाद फुयाँललाई किन अस्वीकार गरियो । ठाडो ओठे जवाफ होइन, तात्विक आशय प्रस्ट आउनुपर्छ ।’ प्रधानमन्त्री बालेन साह चुपचाप काम गरिरहेका छन् । उनले आफू सर्वोच्च अदालतसंग सुरक्षित हुन डा. शर्मालाई प्रधानन्यायाधीश बनाइएको चर्चा सर्वत्र छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्