धुलिखेल ५ श्रीखण्डपुरमा विद्यालयबाट फर्कँदै गरेको बस वर्षातको बाढीमा फसेपछि शशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ । लिन इन्टरनेशनल स्कुल बनेपाका विद्यार्थी पु¥याउन गएको बस बनेपा ६ रातमाटे हुँदै श्रीखण्डपुर जाँदै गरेको थियो । त्यसै क्रममा निरन्तर परेको बर्षातका कारण विद्यालय बस फस्न पुगेको हो । तत्कालै सुरक्षण मुद्रण प्रेसमा रहेको शशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेर फसेको बस भित्र रहेका ३० जना विद्यार्थी र ५ शिक्षकलाई उद्धार गरेको प्रहरी निरिक्षक आलोक बस्नेतले जानकारी दिनुभयो । उद्धार गरिएका विद्यार्थी र शिक्षकलाई शशस्त्र प्रहरी आफैले घर घर पु¥याएको छ ।
