IMG-LOGO

उद्योग वाणिज्य महासंघमा चार काभ्रेलीको उम्मेदवारी

 मंगल, बैशाख २२, २०८३  -

    बनेपा, नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभा एवं निर्वाचनमा काभ्रेका चार व्यवसायीले उम्मेदवारी दिने हुनुभएको छ । समृद्धि सुशासन र पादर्शिता निजी क्षेत्र मैत्री महासंघ हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ २०८३ बैशाख २१ र २२ गते हुने निर्वाचनमा उद्यमी व्यवसायी यस अघि बागमती प्रदेश उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत भइसक्नु भएका व्यक्तित्व दिल सुन्दर श्रेष्ठ, जिल्ला नगर तर्पm उपाध्यक्ष पदमा, यस अघि काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षको नेतृत्व समाल्नु भएका व्यवसायी प्रकाश मानन्धर बागमती प्रदेश भुगोल तर्पm केन्द्रीय सदस्य पदमा, यस अघि धुलिखेल उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी समाली सक्नुभएका मञ्जु कुमार कोजु जिल्ला नगर खुल्ला कार्यकारी सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ । भैरवाका व्यवसायी कृष्ण प्रसाद शर्मा काभ्रेका दिलसुन्दर श्रेष्ठ उपाध्यक्ष पदमा, प्रकाश मानन्धर बागमती प्रदेश भूगोलको केन्द्रीय सदस्य, आगामी कार्यकालको अध्यक्ष अन्जनकुमार श्रेष्ठको समुहबाट उम्मेदवारी दिनुभएको हो । त्यस्तै गरी मञ्जुकुमार कोजु भने कुनै समुहमा खुल्नुभएको छैन । त्यस्तै गरी काभ्रे जिल्लाका चर्चित यातायात व्यवसायी, काभ्रे उद्योग वाणिज्य संघको नेतृत्व समाल्दै यस अघि महासंघको उपाध्यक्ष पदमा रहेर कार्य गर्नुभएका व्यक्तित्व सुरकृष्ण वैद्य वरिष्ट उपाध्यक्षपदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । वरिष्ट उपाध्यक्षको निर्वाचन भने आगामी बैशाख २१ र २२ गतेको निर्वाचित नयाँ टिमबाट पुनः छनोट हुने वैद्यानिक व्यवस्था छ । जिल्ला नगर तर्पm उपाध्यक्षमा २, जिल्ला नगर खुल्लाको १५, प्रदेश भुगोल २, प्रदेश भुगोल महिला दुई गरी २१ सदस्य रहने छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्