श्रीराधा माधव समिति बनेपाको सोमबार भवन शिलान्यास भएको छ । समितिका अध्यक्ष हरिभक्त भोछिभोयाको सभापतित्वमा भएको भवन शिलान्यास समारोहको प्रमुख अतिथी बागमती प्रदेश सामाजिक विकासमन्त्री कन्चन चन्द्र बादे हुनुहुन्थ्यो । बागमती प्रदेश सामाजिक विकास मन्त्री बादेले बनेपा नगरपालिका वडा नं. ११ सिनागाल स्थित राधा माधव समितिको भवन शिलान्यास समारोहमा बोल्दै धार्मिक, सांस्कृतिक सम्पदाको जगेर्ना गरी नैतिक आचरण, चरित्र, अनुशासन कायम गर्न, समाजलाई सत्मार्गमा डो¥याउन, धर्म र आध्यत्मिक चिन्तनले चेतनामुलक सन्देश पैmलाउने बताउनुभयो । प्रदेश सामाजिक विकासमन्त्री बादेले काभ्रे जिल्ला धार्मिक पर्यटनको विकास गर्न सम्भव भएको उल्येख गर्दै उक्त राधा माधवको मन्दिर बनाउन सक्दो सहयोग गर्ने बताउनुभयो । राधा माधव समिति केन्द्रीय उपाध्यक्ष सुरेशराज आचार्यले राधा माधवको मन्दिर बनेपामा स्थापनाले ईश्वरको भक्तिभाव, नैतिक आचरणमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने बताउनुभयो ।
क. कसले गरे जग्गा दान ?
महिला नेतृ जीवन बादे, लक्षणा श्रेष्ठ र सरोजा भोछिभोयाले संयुक्तरुपमा जग्गा दान गरेसँगै भवन शिलान्यास सम्भव भएको हो । उहाँहरु तीनै जनाले संयूक्तरुपमा श्रीराधा माधव समिति बनेपाको भवन शिलान्यास गर्नुभएको हो । बनेपा–११ सिनागालमा १–१२–२–२ क्षेत्रफलको जग्गा भएपनि हाइटेन्सन लाइन विस्तार भएकाले उक्त क्षेत्रफल मध्ये १४ आना जग्गामा भवन बन्ने छ । २ करोड लागत अनुमान रहेको उक्त भवन प्रारम्भमा एक तला बन्ने कुरा समितिका अध्यक्ष हरिभक्त भोछीभोयाले जानकारी दिनुभयो । एक तले भवन सँगै, किचेन रुम, रेष्टरुम र सुरक्षाकर्मी रुम समेत बन्ने छ । श्रीराधा माधव समितिमा आवद्ध रहेका भक्तजन, स्थानीय वुद्धिजीवीहरु, व्यवसायीहरुकोे समेत आर्थिक सहयोगमा भवन निर्माण हुने कुरा समिति अध्यक्ष भोछिभोयाले बताउनुभयो । कार्यक्रममा बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य, बनेपा–११ का अध्यक्ष शिवकुमार थापा, भक्तजन रामेश्वर खड्का तथा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।
