IMG-LOGO

नेपाल यातायात व्यवसायी राष्ट्रिय महसंघ काभ्रेको ७ औं सभा

 मंगल, बैशाख १५, २०८३  -

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ काभ्रे जिल्लाको ७ औं वार्षिक साधारण सभा चण्डेश्वरी मन्दिरको बगैचामा हालै सम्पन्न भयो । राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष विजय बहादुर स्वाँरको प्रमुख अतिथ्यतामा भएको सो समारोहमा नवगठित कार्यसमितिको पदस्थापना समेत भएको थियो । सो कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार योगेन्द्र नाथ कर्माचार्य, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला लगायतले मतव्य राख्नु भएको कार्यक्रममा जिल्ला समितिका अध्यक्ष तथा सिधु हेलम्भू यातायात सेवा प्रा.लि.का अध्यक्ष राजेसकुमार श्रेष्ठले स्वागत मन्तव्य सहित कार्यक्रमका सभापतित्व गर्नुभएको थियो । नव गठित कार्यसमितिमा काभ्रे बस प्रा.लि.का अध्यक्ष वर्ण शाक्य अध्यक्षमा, गणेश हिमाल तराई यातायात प्रा.लि.का उकेस तौजले सचिव र कोषाध्यक्षमा सिन्धु हेलम्बु यातायात सेवा प्रा.लि.का श्यामकुमार श्रेष्ठ कोषाध्यक्षमा र सदस्यहरुमा कबिर कुमार रंजित, राजशुन्दर श्रेष्ठ रहनुभएको छ भने सल्लाहकारमा राजेशकुमार श्रेष्ठ, आत्माराम थापा र राजेश सुन्दर सैंजु रहनुभएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्