IMG-LOGO

विश्व हिन्दु महासंघ बागमती प्रदेशमा अर्जुनको नेतृत्व

 मंगल, बैशाख १५, २०८३  -

    विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति, वागमति प्रदेश कार्यसमितिको तेस्रो प्रदेश सभा तथा अघिवेशन काठमाडौं को मैतिदेवि स्थित गोदाबेणुगोपाल भगवान् मन्दिर (बैष्णव मन्दिर) मा अध्यक्ष उद्धवप्रसाद नेपालको सभापतित्वमा बिहिबार सम्पन्न भयो । श्री १००८ स्वामी श्रीचतुराभुजाचार्य चुडामणीजी महाराज वृहद शान्तिधामका मठाधीसको प्रमुख आतिथ्यतामा, केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीको अभिभावकत्वमा, नेपाल वैदिक महर्षि फाउण्डेशनका अध्यक्ष दीपक प्रसाद बककास्कोटा, भारतको दिल्ली स्थित BAPS स्वामीनारायण अक्षरधामका प्रमुख पुज्य मुनिवत्सलदास स्वामीज्यू, सन्त निर्देशक दिल्लीका पुज्य धर्ममूर्तिदास स्वामीज्यू, उत्तरभारतका पुज्य त्यागनिष्ठदास स्वामीज्यू, भजन गायक पुज्य शुद्धस्वरूपदास स्वामीज्यू, धार्मिक अभियान्ता एवं पूर्व सांसद शंकर प्रसाद पाण्डेज्यू, केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खराल, प्रविण घिमिरे, सनातन सम्पदाका महासचिव चन्द्र वहादुर थापा, केन्द्रीय उपाध्यक्ष गणेश प्रसाद न्यौपानू, केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश अध्यक्ष मुक्तिराम अधिकारी, केन्द्रीय महासचिव रामचन्द्र तिवारी, बैष्णव मन्दिरका मठाधिश यतीन्द्राचार्य र पूर्व वरिष्ठ उपाध्यक्ष एवं भावातित ध्यान योग गूरू भरतराज पौडेलहरूको विशिष्ठ आतिथ्यतामा र वास्तुलोचन भवनका पं ज्योतिष डा. उत्तम उपाध्याय न्यौपान, केन्द्रीय सचिव अर्जुन कुमार पौडेल, सुदुरपश्चिमका डा. पद्मा साउदहरू लगायतको आतिथ्यतामा, अन्य केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, वागमति प्रदेशका पदाधिकारी तथा सदस्यहरू, मातृशक्ति प्रमुखहरू, जिल्ला अध्यक्षहरू, जिल्लाहरूबाट पाल्नुहुने प्रतिनिधीहरू, पर्यवेक्षकहरू, धार्मिक गूरूहरू, धार्मिक अभियान्ताहरू, पत्रकार लगायत करिव ३०० जनाको सहभागीता रहेको थियो । पं. अच्यूत प्रसाद पौडेल चिन्तन र पं. रूद्र लोचन आचार्य गुरूहरू लगायतबाट स्वस्तिवाचन गरि उद्घाटित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हयगृव आचार्यवाट, अध्यक्षको प्रतिवेदन अध्यक्ष उद्धव प्रसाद नेपालवाट, सचिवको प्रतिवेदन सचिव अर्जुन प्रसाद सापकोटा वाट प्रस्तुत भइ सभा वाट पारित भएको थियो भने आमन्त्रित अतिथी, विशष्ट अतिथी, र प्रमुख अतिथीहरूवाट कार्य सफलताका शुभकामनाका शुभआशिर्वचन का शुभ भावहरू प्रकट भइ सम्पन्न भयो । प्रमुख निर्वाचन अधिकृत एवं केन्द्रीय सहमाहासिचव रामेश्वर कोइराला, निर्वाचन अधिकृत ध्रुवराज नेपाल र निर्वाचन अधिकृत केशव प्रसाद खनालज्यूको निर्वाचन समितिद्वारा निर्विरोध सर्व सम्मत निर्वाचित कार्यकारिणि समिति गठन गरेको छ ।
    अध्यक्ष अर्जुन प्रसाद सापकोटा, काभ्रेपलान्चोक, उपाध्यक्ष हयगृव आचार्य मकवानपुर,  महिला उपाध्यक्ष विन्दा देवि अर्याल नुवाकोट, सचिव ऋषिकान्त घिमिरे काठमाडौं, कोषाध्यक्ष तुलसि प्रसाद अधिकारी, धादिड्, सहसचिव विनिता खड्का, सहसचिव चन्द्र प्रसाद ढुन्गाना सिन्धुपाल्चोक, सहकोषाध्यक्ष केदार प्रसाद पौडेल, सहकोषाध्यक्ष विमला पौडेल पंण्डित र सदस्यहरु, सपना वाग्ले २.संजिता दनुवार, रामचन्द्र दंगाल, शुभनाथ काफ्ले, शिवनाथ अधिकारी, पुण्य लोचन आचार्य, कटक वहादुर थापा, ध्रुव प्रसाद सिम्खडा, राम वस्नेत, नारायण सिल्वाल, राम प्रसाद अधिकारी, शान्ता वाग्ले, प्रकाश न्यौपाने, विनिता काफ्ले, गोविन्द प्रसाद घिमिरे सदस्य कार्यकारिणी समितिको सिफारिसमा अध्यक्षले मनेनित गर्ने र १३ वटै जिल्ला अध्यक्षहरू पदेन सदस्य रहने गरि ५१ सदस्यिय समिति वन्ने व्यवस्था छ । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्