IMG-LOGO

सिद्धार्थ बनस्थलिले योगदान गर्नेहरुलाई सम्मान गर्यो

 मंगल, बैशाख १५, २०८३  -

    पनौती । सिद्धार्थ वनस्थली इन्स्टिच्यूट पनौतीले विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको स्मृति दिवसमा शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्ने १३ जनालाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी र शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख सविता दंगालले शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने १३ जनालाई सम्मान गर्नु भएको हो ।
    सम्मानित हुनेहरुमा जनमत मासिकका सम्पादक मोहन दुवाल, पूर्व शिक्षा सचिव चन्द्रबहादुर खड्का, मल्पी इन्टरनेशनल स्कुलका संस्थापक अध्यक्ष दीपकमान शेरचन, शिक्षासेवी जगन्नाथ अवा, पनौती ८ का वडाध्यक्ष बेदप्रसाद बञ्जारा, बालोद्वारा माविका प्रधानाध्यापक मायादेवी श्रेष्ठ, फूलचोकी आ.वि का प्र.अ विमला नेपाल हुनुहुन्छ । यस्तै विद्यालयका पूर्व विद्यार्थी एवं भूमि व्यवस्थापन कार्यालयका निर्देशक रामकुमार सापकोटा, डा. अनन्त सुवेदी, डा. मणिन्द्र मानन्धर, डा. राजेन्द्र ताम्राकार, डा. श्रीकृष्ण श्रेष्ठ र डा. समिर कर्माचार्यलाई सम्मान गरिएको थियो ।
    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख सविता दंगाल, साहित्यकार मोहन दुवाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । विद्यालयकी प्रिन्सिपल रेश्मा थापाले उपस्थितलाई स्वागत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाको सभापतित्वमा भएको कार्यक्रम विद्यालयका सहायक प्रअ प्रविण दाहालले संचालन गर्नुभएको थियो । इन्स्टिच्यूटको गुठीयार समितिले शैक्षिक विकासमा उल्लेख्य योगदान गर्ने शिक्षासेवी एवं सामाजिक अभियान्तालाई हरेक वर्ष नगदसहित लक्ष्मण राजवंशी स्मृति शिक्षा पुरस्कारबाट सम्मान गर्ने गरेको छ । संस्थापक राजवंशीको २०७८ साल वैशाख ११ गते निधन भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्