पतंजलि योग समिति काभ्रेले काभ्रे जिल्लालाई योगमय जिल्ला बनाउन जिल्लाको बिभिन्न भेगमा योग सहयोग शिक्षक र प्रशिक्षणको कार्यालय तिब्रता दिइएको छ । यसै क्रममा २०८३ बैशाख १२ गते बाट धुलिखेल नगरपालिका वडा नं. २ रवि स्थित सेतीदेवी रमेश्वर योग साधना केन्द्रमा सहयोग शिक्षक प्रशिक्षण प्ररम्भ भएको छ । ४२ जना योग साधक साधिकाहरुले भाग लिइरहनु भएको उक्त प्रशिक्षण सुभारम्भ कार्यक्रममा स्वागत मन्तव्य पतंजली योग समिति काभ्रे महिलाका अध्यक्ष इन्दिरा तौजलेले गर्नुभएको थियो । पतंजलि योग समिति बागमती प्रदेश प्रमुख ग्रुबेन तौजले प्रमुख प्रशिक्षक रहनुभएको सो शिविरको उद्घाटन कार्यक्रमको स्भापतित्व पतंजलि योग समितिको काभ्रेका अध्यक्ष प्रकास कायस्ठले गर्नुभएको थियो भने संचालन महामन्त्री श्यामकुमार श्रेष्ठले गर्नुभएको कार्यक्रममा महिला समितिका पूर्व अध्यक्ष अनु श्रेष्ठ लगायत जिल्लाका पदाधिकारीहरुको उपस्थिति रहेको संचार प्रभारी मिलनभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
यसै बिच बैशाख १३ गते देखि पाँचखाल नगरपालिका वडा नं. ५ भमरकोटमा सह योग शिक्षकको प्रशिक्षण प्रारम्भ भएको छ । वडा नं. ५ का अध्यक्ष सिताराम दुलालले उद्घारन गर्नुभएको कार्यक्रममा पतंजलि योग समितिका अध्यक्ष प्रकास कायस्ठले स्वागत मन्तव्य दिनुभएको थियो भने पतंजलि योग समिति बागमति प्रदेश सदस्य दमनकुमार श्रेष्ठ, पाँचखाल नगर समिति अध्यक्ष रामशरण अधिकारी, धुलिखेल नगर समिति अध्यक्ष बिष्णु प्रसाद शर्मा, महिला समितिका पूर्व अध्यक्ष अनु श्रेष्ठ लगायत जिल्लाका पदाधिकारी उपस्थित रहेको कार्यक्रमको स्वभापतित्व जिल्ला महिला समितिका अध्यक्ष इन्दिरा तौजलेले गर्नुभएको थियो । उक्त प्रशिक्षणमा प्रमुख प्रशिक्षक बागमती प्रदेश प्रमुख ग्रुबेन तौजले रहनुभएको संचार प्रभारी मिलनभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबिच बेथान्चोक÷ बेथानचोक गाउँपालिकामा ५ दिने निःशुल्क योग विज्ञान शिविर संचालन भएको छ । शिविरको उद्घाटन बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी तथा पूर्व अध्यक्ष प्रेम बहादुर तिमल्सिनले गरेका थिए । पालिका अध्यक्ष अधिकारीले योग साधना, मानव जिवनलाई अपरिहार्य रहेको बताए । बेथान्चोक गाउँपालिकामा योग अभ्यासलाई निरन्तरता दिने अधिकारीले बताए । प्रत्येक विद्यालयमा योगका कक्षाहरू राखी विद्यार्थी जिवनबाटै योग सिकाउनु पर्ने अधिकारीले बताउनुभयो ।
गत ७ गतेबाट शुरू भएको शिविर पतंजलि योग समिती बागमती प्रदेश प्रमुख गुवेन तौजलेले योग अभ्यास गराएका थिए । मुक्तेश्वर मन्दिर बृद्धबृद्धा संरक्षण समितीको आयोजनामा भएको शिविरमा पतंजलि योग समिती, काभ्रेका अध्यक्ष प्रकाश कायस्थ महिला अध्यक्ष इन्दिरा तौजले तथा जिल्ला पदाधिकारीहरू स्थनिय संघ संस्था तथा महनुभावहरूको उपस्थिति रहेको सञ्चार प्रभारी मिलनभक्त श्रेष्ठले बतानुभयो ।
