IMG-LOGO

चण्डेश्वरी जात्रा र यसको महत्व

 मंगल, बैशाख १५, २०८३  हर्षनारायण चण्डेश्वरी

    श्री चण्डेश्वरी माई जात्राको उल्लेख गर्दा यस जात्रा सम्बन्धी सम्बन्ध जोडेको र परम्परागत हाल सम्म वार्षिक रुपमा हुन्दै गर्दै चल्दै चलाउन्दै आएका विभिन्न थितिविति चालचलन पूजाआजा वारे यहाँ उल्लेख गर्नु आवश्यक रुपमा र कति कुराहरु लोप भईसके होलान सक्दो भेटाउन सुनेका र गर्न सक्ने जतिको यहाँ व्यक्त गरेको छु । 
    चण्डेश्वरीको जात्रा गर्न, जात्रामा उपस्थित हुन फागुण पूर्णिमाको दिन चण्डेश्वर महादेव र श्री चण्डेश्वरी माईको वार्षिकरुपमा निमन्त्रणा पूजा गरि जात्राको विधि मानि आएको छ । भोछिभोया सम्बन्ध भए अनुसार पासाचन्हेको बेलुका अवेला र साही मार्पmत “वाँ व्हलेगु” चण्डेश्वरी माईको मुल ढोकामा राख्न चढाउन र मन्दिरमा “वाँ व्हलेगु” गरि पछाडीबाट नै हिडेर वाहिरको ढोकामा पुगि फर्कि जाने गर्दछ । भोछिभोया मार्पmद पालो अनुसार भक्तपुर जिल्लामा पर्ने “योसि गुँचा”मा “तुसीं” काट्न व्यवस्था त्यस्तै जात्रा सम्बन्धी नै चण्डेश्वरीका पूजारीहरु मध्य रथमा डायाँ वायाँ बस्ने मुख्य पूजारी २ जना र सुसारे एक जना महिना दिन पहिलेको पूर्णिमादेखि प्रत्येक आइतबार पूजा गरि नियममा १ हप्ता गरिन्छ । चण्डी पूर्णिमको ४ दिन अगाडी भैरब थाप्ने र यसमा पात्र स्थापना पूजा गरिन्छ । खः ख्पो (रथको खुट्टाका व्यवस्था) पूर्णिमाको ४ दिन अगाडी र ४ दिन पछाडि तरवार ल्याउने र बुझाउने गरिन्छ । यो कामको अधिकार प्रमुख कायकर्ता दाईद्वारा हुन्छ । श्री चण्डेश्वरीको रथ डवलीमा तयार गरी सकेपछि चण्डी पूर्णिमाको दिनमा रथ खसाल्नु अगाडी द्वारेबाट मसला बाढ्ने र टिका लगाई दिने गरिन्छ । अनिपछि जुगीचन पस्चात रथ खसाली जात्रा सुरु हुन्छ । अघिल्लो रात तक पूँजा राती हुन्छ । कालो निख्रो १२ वटा बोकको वलि पूँजा हुन्छ । उक्त बोकाहरुको मासु बनेपा बजार भरी पुरै जात्रा सकाई (लासोकोसो) लशकुस गर्ने ठाउँ नपुग्दै, कलंदान गर्ने गर्दछ । त्यस समय अशंंख्य जात्रालुहरु मासु भेटाउन तछाड मछाड हुने गर्दछन् ।
    लशकुश पूजा ः श्री माइलाई मुख कपडाले छोपेर बनेपाको बजार पस्ने मूल ढोका आइपुगेपछि लशकुश पूजा हुन्छ । पूजामा नेवारी राजोपाला ब्राम्हण पुरोहित बनाइ कन्याद्वारा पुजा गराइन्छ । पूजा पछि श्रीको मुखको कपडा हटाइन्छ । उक्त मुख छोपिएको कपडालाई “ख्वा पूसा” भन्दछ । ,यो पूजा पश्चात बनेपा बजार भर श्रीको जात्रा गरिन्छ । यस दिनबाट नेवारी पुरोहितहरुको १ वर्षको लागि पालो फेरिन्छ । जात्रामा कार्य तथा रथ बनाउने डवली तीनधारामा कान फट्टा जोगीले परेवाको दिन नारायण स्थापना बोका र पूर्णिमाको दिन तीनधारामा भेडाको बली चढाइ पूजा गरिन्छ । पूर्णिमाको दिन विहान सवेरै चिराग बती (राकों) बाली सोघाटोक दवलीबाट सुरुभई चण्डेश्री माथि जःसी गः पुगि सेलाउने गरिन्छ । उक्त पूजामा बनेपाली प्राय सबैले सहभागि भै जात्राको सबैभन्दा सुन्दर शोभा हुन्छ । यो पूजा मतः पूजाले प्रशिद पाएको छ । श्रीको रथ जात्रा गर्दै लायकुलीमा पुग्दा हाँस वली पूजा गरिन्छ । तक पूजाको दिन बनेपा दक्षिणकालीमा बोका बली पूजा गरिन्छ । जात्रामा श्रीको रथ बोक्नको लागि मानन्धरहरुको अनुभव र बाहुल्यता भएका बुढापाकाहरु बताउन्दथे । मानन्धरहरुको युहि अन्तरगत, रथको लागि चुकुल काट्ने (चण्डेश्वरी वनमा) र रथ जात्रा सकेपछि रथका सामान यथास्थानमा राख्ने गर्दछन् । जात्रा हुनुभन्दा पहिले बनेपामा भक्तपुरबाट नवदुर्गा भवानी ल्याई नवदुर्गा जात्रा गर्ने परमपराले बनेपा र भक्तपुर प्राचिनकाल देखि सम्बन्ध रहेको यथार्थ झल्काउन्छ । प्राचिन कालमा भक्तपुर र बनेपा एउटै रज्य भएको स्पष्टता दर्साउन्छ । श्री चण्डेश्वरी माई हामी बनेपालीहरुको आराध्दे देवी, काभ्रे जिल्लाको देवी देवतामा क्रमश श्री चण्डेश्वरी माई पलाञ्चोक भगवती नाला भगवती छोरीहरु हुन् । बनेपालीहरु विशेष पर्वको रुपमा मनाउने ऐतिहासिक चण्डेश्वरी जात्रा हो । यो जात्रा प्रत्येक वर्ष चण्डी पूर्णिमाको दिन देखि मनाइन्छ । यो जात्रा बनेपालीहरु दशैंभन्दा ठूलो पर्वको रुपमा मनाउने गरेका छन् ।
    ऐतिहासिक धार्मिक रुपमा महत्वपूर्ण रहेको चण्डेश्वरी जात्रामा बनपालीहरु पहुनाहरु बोलाइ सभ्य र भब्यताका साथ भोज समेत गर्दछन् । जात्रा मा ४ दिन अगाडी श्रीको गरगहना धोइ पखाली जाँचबुझ गर्ने र पुनः ४ दिन पछाडि गरगहणा जाँचबुझ गरि बनेपा न.पा. का प्रतिनिधि बनेपाली भद्र भलादमी, प्रहरी आदिको मुचुल्का उठाई जात्रा समापन गर्ने गरिन्छ । जात्राको पहिलो दिन विहान भक्तजनहरु चिराग बालेर जलेस्वरी सम्म जात्रा पु¥याइ चिराग विसर्जन गर्दछन् । उक्त चिराग वाली मता पूजामा सहभागी हुँदा, पूजा गर्दा मनको इच्छा पुरा हुने जन विश्वास छन् । जलेश्वरीको (पोखरी) कुण्डमा नुहाउँदा गर्भपतन भई बाँझोपन हुने महिलाले नुहाउँदा स्नान गर्दा, पुनः गर्भरहने भन्ने विश्वास गर्दछन् । यो लेख लेख्दैको समयमा नेपालको पश्चिम भागमा रहेको दाङ तुलसीपुर निवासीहरु २ महिला र २ पुरुषहरु स्नान गरि आत्मा सन्तुष्टि गरिएको एथार्तता छन् । जात्रा दिनमा सुरु हुन्छ । बनेपामा जात्रा गर्ने रथमा पांग्रा हुदैन । रथलाई बोकेर काँधमा राखी लगिन्छ । तर अहिले भन्ने त्यो काँधमा बोक्ने जान्नेहरु विरत्तै मात्र छन् । तीनधाराबाट चण्डेश्वरी सम्म बाजागाजा सहित पोंखः लगिन्छ । पोखः को अर्थ देवताविनाको रितो रथ भनिएको हो । चण्डेश्वरीबाट देवता रथमा विराजमान गराई पूर्णिमाको भोलीपल्ट चण्डेश्वरी देखि बनेपा लायकु सम्म रथ जात्रा गर्दछन् । लायकुबाट पुनः चण्डेश्वरी तर्पm लाने गरिन्छ । यो जात्रा सत्ययुगमा चण्डासुर दैत्यले भगवान महादेवको तपस्या गरेर शक्ति पाएर देवदेवताको वध गर्न थालेपछि अन्याय अत्याचार बेसिमा नाघेपछि चण्डेश्वरी कुमारी भगवतीकोरुपमा प्रकट भई निज चण्डासुर दैत्यलाई मारेको खुशीयालीमा परापूर्वकालदेखि यो जात्रा मनाउदै आएको धार्मिक कथा कहानीमा उल्लेख पाइन्छ ।
    यो वर्ष २०८३ सालमा बैशाख महिनाको १८ गते पूर्णिमा परेको छ । यस वर्षपनि माथि उल्लेख गरे भैm, बनेपालीहरु भावभक्ति साथ पूजाआजालाई परमपरागतमा गर्दै आएको विधि विधानलाई आस्थाकासाथ जात्रा मान्न र यस वर्ष परमपरागतमा भएका लोप हुनबाछ बचाउन यहि चैत्र १८ गतेबाट बनेपाको प्रत्येक टोल डवली चोकहरुमा जणकेसरी रचित “परनाम याङा गुरु सके आज्ञा फोने, भवानिय चरणसं चित्तहसे चोने” पुराणस थयाथल भाषा याङा तथा, ज्ञानि गुनि (मुनि) पनि सेनं हिस्यायेअरेव” । बैशाख १८ गते चण्डिपूर्णिमाको दिन पुनः चण्डेश्वरीमा उक्त श्लोकको भजन गर्ने पुनः जागरण गरेका छन् । बनेपा चण्डेश्वरीसम्म महिनादिन भजन गर्न समूहलाई साधुवार छ । यो भजन आउँदा वर्षहरुमा पनि कायम होस भन्दै यस जानि नजानी लेखेको चण्डेश्वरी महिमा जात्रा पूजाआजाको लेखबाट बिदा हुन्छु । माई चण्डेश्वरी की जय जय जय ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्