IMG-LOGO

राष्ट्रिय संगीतकर्मी संघ काठमाण्डौंको रक्तदान

 मंगल, बैशाख १५, २०८३  -

    राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति काठमाडौँको आयोजनामा आयोजित खुल्ला रक्तदान कार्यक्रम उपाध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा आइतबार सम्पन्न भयो । मानसिंह धर्म मा.वि. तारकेश्वर नगरपालिका वडा नं १० मनमैजुमा संस्थाका अध्यक्ष गुणकुमारी खतिवडा बानियाँ (पार्वती) को सभापतित्वमा ब्लोदान काठमाडौँ मध्य क्षेत्र र त्रि.वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको सहकार्यमा सम्पन्न भयो । उक्त कार्यक्रमको प्रमुख अतिथि तारकेश्वर नगरपालिका वडा नं १० का वडाध्यक्ष कुमार राई, विशेष अतिथि राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय प्रथम उपाध्यक्ष अमृत खाती, महासचिव विनोद ढकाल, मानसिंह धर्म माविका प्रधानाध्यापक केदार गजुरेल, राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय उपाध्यक्ष जीवन परियार, अतिथिहरू उपमहासचिव रविन्द्र रिमाल, राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका कोषाध्यक्ष उमेश कार्की (युके), जिल्ला कार्यसमिति काठमाडौँका निवर्तमान अध्यक्ष निरेन श्रेष्ठ, जिल्ला कार्यसमिति नुवाकोटका वरिष्ठ उपाध्यक्ष उत्तम भण्डारी लगायत विभिन्न संगितकर्मी, कलाकारहरू, समाजसेवी, सहयोगी दाता महानुभावहरूको उपस्थिति रहेको थियो। सो कार्यक्रममा २१ जना रक्तदाताहरूले रक्तदान गर्नुभएको थियो । उक्त कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघ काठमाडौँ जिल्ला कार्यसमितिका सचिव गणेश घिमिरेले सञ्चालन गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्