IMG-LOGO

नव क्षितिज साप्ताहिकको रजत महोत्सवको समापन

 मंगल, बैशाख १५, २०८३  -

    काभ्रेबाट प्रत्येक सोमबार प्रकाशित हुँदै आएको नव क्षितिज साप्ताहिकले २५ वर्ष पुरा गरि २६ औं वर्षमा प्रवेश गरेको छ । सोमबार बनेपा पार्टी भेन्यूमा नवक्षितिजले आप्mनो रजत महोत्सव कार्यक्रमको समापन गरेको छ । प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यको प्रमुख आतिथ्यता एवं पत्रिकाका प्रधानसम्पादक नवराज बजगाईको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । पत्रिकाका निर्देशक रविन्द्रनाथ सिग्देलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पत्रकार अरविन्द्र गौतमले धन्यवाद मन्तव्य राख्नुभयो । वरिष्ठ साहित्यकार मोहन दुवाल, चर्चित गायक रामहरि न्यौपाने, लेखक तथा साहित्यकार हरि मञ्जुश्री, मानव कल्याण सेवा समाजकी सुमित्रा चौलागाई ढकाल, पत्रकारहरु यदुनाथ देउपुरे, प्रकाश सुन्दास, राजन थापा, दिनेश भण्डारी, राजानन्द माण्डव्य, बौद्धिक व्यक्तित्व केशव थापा लगायत सामाजिक तथा सांगितीक क्षेत्रमा योगदान दिनुभएका ४५ जना व्यक्तिहरुलाई सम्मान गरिएका कार्यक्रमको सञ्चालन रचना गौतमले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्