IMG-LOGO

्अवरुद्ध वीपी राजमार्गमा यातायात पुनः सञ्चालन

 मंगल, बैशाख १५, २०८३  रमेशप्रसाद न्यौपाने

       शनिबार परेको वर्षातका कारण बीपी राजमार्ग स्थित विभिन्न स्थानमा डाइभर्सन बागएपछि पूर्णरुपमा अवरुद्ध भएको सडक दुई दिनपछि यातायातका साधन पुनः सञ्चालनमा आएको छ । रोशी खोलाको बाढीले बीपी राजमार्गको चौकी डाडा, घुमाउने, चार सय बेसी, गिम्दी वेसी, नार्के चिउरीबास बोक्सीकुना, कालढुङ्गा, डालावेसी र माम्तीमा डाइभर्सन बगाएको थियो । भक्तपुर सडक डिभिजनका प्रमुख सुमन योगेशले बीपी राजमार्ग क्षतिभएको डाइभर्सन निर्माणसँगै सोमबार ३ बजेबाट अवरुद्ध सडकमा यातायातका साधन पुनः सञ्चालनमा आएको बताउनुभयो । यसैगरी नेपालथोक र सिन्धुलीतर्फ आँपघारी क्षेत्रमा पनि डाइभर्सन बगाएको छ ।
    रोशी खोलाको मुहान क्षेत्रमा ठूलो वर्षात पर्दा पानीको थप वहावको कारण डाइभर्सन बगाएर लगेको कुरा सडक डिभिजन प्रमुख योगेशले जनाउनुभयो । दीर्घकालिन रुपमा सडक बनाइरहेको छ, १ महिना भित्र उक्त क्षेत्रमा सडक बनि सक्ने आगामी असार सम्ममा सडकमा समस्या नआउने उहाँले बताउनुभयो । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बीपी राजमार्ग बाहैं महिना सञ्चालन हुने वातावरण तयार गर्न छिटोभन्दा छिटो पूनः निर्माण सक्ने गरी थप उपकरण र जनशक्तिको उचित प्रबन्धको लागि गाउँपालिकाले संघ सरकारलाई ध्यानाकर्षण गरेको बताउनुभयो ।
    २०८१ असोज महिनाको दोस्रो सातामा आएको भीषण बाढीले बिपी राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडक खण्डमा क्षति पु¥याएको थियो । क्षतिग्रस्त क्षेत्रमा हाल पुनर्निर्माण कार्य जारी रहे पनि पूर्णरूपमा स्थायी संरचना निर्माण हुन बाँकी छ । अस्थायी समाधानका रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ । त्यो पनि बाढीले बगाइदिँदा यातायात अवरुद्ध हुने र यात्रीहरुले सास्ती पाउने क्रम जारी रहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्