IMG-LOGO

बालकोटको घर ओलीले पुनःनिर्माण नगर्ने

 मंगल, बैशाख १५, २०८३  फडिन्द्र शर्मा

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित आफ्नो घर पुनर्निमाण नगर्ने भएका छन् । कारण त्यो घर जलेको इतिश्री लेखिदै छ । जलेकै अवस्थाको बर्दली घर संग्रहालय बनाउने ओली  निकट श्रोतले काभ्रे टाइम्सलाई बतायो । 
    कुनै बेला नेपालको राजनीतिको केन्द्र विन्दु मानिएको उक्त घरको बार्दलीमा बसेर ओलीले राजनीतिक नेता कार्यकर्तासँग विचार विमर्श गर्ने गर्दथे । त्यसैकारण ‘बालकोटको वार्दली’ भन्ने मिथक नै बनेको थियो । जेनजी आन्दोलनको क्रममा जेनजी आगजनी गरेर ध्वस्त पारिएको त्यो घर अब आफूले पुननिर्माण नगर्ने जानकारी ओली दम्पत्तीले नजिकका नेता कार्यकर्तालाई गराएका छन् ।
    क्षेत्रफल सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार बालकोटमा ओलीको डेढ रोपनी (करिब २४ आना) जग्गा रहेको छ । कतिपयले भने त्यसको क्षेत्रफलक करिब ४ रोपनी रहेको दावी गर्दै आएका छन्, जुन गलत रहेको ओली निकट स्रोतको भनाई छ । त्यहाँको जग्गा ओलीको नाममा नभई उनकी श्रीमती राधिका शाक्यको नाममा रहेको छ । उनले नेपाल राष्ट्र बैंकमा ३३ वर्ष जागिर खाएर आर्जन गरेको कमाइबाट यो जग्गा २०५० को दशकमा जग्गा किनेर घरको निर्माण कार्य २०६०÷६१ गरिएको ओली दम्पत्तीले बताउने गरेका छन् ।
    ओली २०६३ सालमा उप–प्रधानमन्त्री हुँदा बुझाएको सम्पत्ति विवरणमा बालकोटमा घर बनाउनका लागि उनले एभरेष्ट बैंकबाट १० लाख र नेपाल बैंकबाट ६ लाख रुपैयाँ ऋण लिएको विवरण सार्वजनिक गरिएको थियो । आफ्ना सन्तान नभएका ओली दम्पत्तीले विसं २०७७ मा आफू प्रधानमन्त्री रहेकै बेला त्यो घर र जग्गा आफ्नो मृत्युपश्चात नेपाल सरकारको नाममा हुने गरी दान दिने घोषणा गरेका थिए । त्यहीकारण अहिले आफ्नो कमजोर शारिरिक अवस्था र गुण्डुमा घर निर्माण भैरहेकोले बालकोटको घर पुननिर्माण नगर्ने निर्णयमा पुगेको बताइन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्