IMG-LOGO

बनेपामा जगन्नाथ रथ यात्रा सम्पन्न

 मंगल, बैशाख ८, २०८३  --

      नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ बनेपा–७ (इस्कोनं) ले श्री जन्नाथ रथ यात्रा शनिबार सम्पन्न गरेको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेको प्रमुख आतिथ्यता तथा इस्कोन बनेपाका उपाध्यक्ष लज्जालोचन माताश्रीको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सामाजिक विकास मन्त्री बादेले धर्मले अनुशासन, नैतिकता र संस्कारको पाठ सिकाउने भएकोले अनुसरण गर्नुपर्ने बताउनुभयो । सन् १९६६ देखि प्रारम्भ भएको उक्त श्रीकृष्ण जगन्नाथ अंहिसावदी रहेको औल्याउनु भयो । समाजमा जागरण ल्याउन लगनसिल भइ लाग्नुहुने सबैमा प्रमुख अतिथि सामाजिक विकासमन्त्री बादेले हार्दिक आभार व्यक्त गर्नुभयो । बनेपा वडा नं. ७ का अध्यक्ष हिटलर शाक्य, सामुदायिक रेडियो प्रसारक संघ काभ्रेका अध्यक्ष एवं काभ्रे टाइम्सका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने, इस्कोन काठमाण्डौका महाप्रभुजी, संस्थाका काभ्रेका मधुर प्रभुजी लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । इस्कोन अभियानकर्मी भक्तजन संजीता तिमल्सिनाले बनेपामा जगन्नाथ रथ यात्रा १२ वर्षमा यो दोश्रो पटक गरेको बताउनुभयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्