चण्डेश्वरि सकोस बनेपाले समाजिक उत्तरदायीत्व अन्तरगत आमाको मुख हेर्ने दिनको अवसरमा १३१ जना ७५ वर्ष उमेर माथिको जेष्ठ माताहरुलाई सम्मन गरेको छ । आम र बुबाको मुख हेर्ने दिनमा हरेक वर्ष सम्मान गर्दै आएको कुरा संस्थाको कार्यलय प्रमुख रबिन्द्र पोटेले बताउनु भयो।उक्त कार्यक्रम बिगत १० वर्षदेखि निरन्तर गर्दै आएको कुरा संस्थाको प्रमुख सल्लाहकार बिकास बादेले जनाउनु भयो । जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सल्लाहकार बालभक्त प्रधानले मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष नवीन भक्त बादेको सभापतित्वमा सप्पन्न भएको थियो । जेष्ठ माताहरुलाई पौष्टिक आहार मिठाई सहित सम्मान गरिएको थियोे ।
