IMG-LOGO

सयपत्री प्रतिष्ठानको शुभकामना आदान प्रदान

 मंगल, बैशाख ८, २०८३  --

      बनेपा, सयपत्री प्रतिष्ठान नेपाल बनेपा काभ्रेको आयोजनामा नव वर्ष २०८३ को शुभ अवसरमा शुभकामना आदान प्रदान तथा कविता वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानका सल्लाहकार यादव थापा, स्थानीय त्रिरत्न रञ्जीतकार, रेडियो एविसीका अध्यक्ष एवं काभ्रे टाइम्सका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका सचिव एवं कार्यक्रम संयोजक रामसुन्दर देउजा, नवराज केसी, उपेन्द्र दाहाल, इन्द्रप्रसाद घिमिरे, केशवप्रसाद ज्ञवाली लगायत व्यक्तित्वहरुले गजल, कविता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो । प्रतिष्ठानले संस्थापक अध्यक्ष कृष्णकुमार केसीको स्मरणमा हरेक वर्ष सामाजिक क्रियाकलाप, त्यस्तै समाजमा योगदान गर्ने प्रतिभाहरुलाई सम्मान समेत गर्दै आएको छ ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्