बनेपा, बालनिकेतन इङ्गलिस बोर्डिङ स्कुल बनेपाको शैक्षिक नतिजा सार्वजनिक तथा दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थावन समिति अध्यक्ष शंकर कारञ्जीत, विद्यालय शैक्षिक सुधार समिति अध्यक्ष देवी लामा लगायतको आतिथ्यता रहेको कार्यक्रममा २ सय ५ विद्यार्थी दीक्षीत भएको विद्यालयको संस्थापक प्रिन्सिपल दिलिपकुमार मुखियाले बताउनुभयो । ४ जीपीए ल्याउनेलाई गोल्ड मेडल, ए प्लस ल्याउनेलाई प्रशंसापत्र, सम्मान, ए ल्याउनेलाई प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालय शैक्षिक सुधार समिति सदस्य देवकुमार लामाले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको सभापतित्व विद्यालयका संस्थापक प्रिन्सिपल दिलिप मुखियाले गर्नुभएको थियो । विद्यालयका एकेडेमीक प्रिन्सिपल दिपसप मुखियाले शैक्षिक स्तरीयताको बारेमा प्रस्ट पार्नुभएको थियो ।
