IMG-LOGO

कृषि कर्जा तथा बीमामा पुहँच पुर्‍याउन छलफल

 मंगल, बैशाख ८, २०८३  – हरिनाथ न्यौपाने

      कृषि विकास कार्यालय काभ्रेले आर्थिक वर्ष २०८२/०८३ मा कृषि कर्जा तथा बीमामा कृषकको पहुँच बढाउन बैङ्क, बीमा कम्पनी तथा कृषकहरु संगको अन्तरक्रिया कार्यक्रम बिहीबार धुलिखेलमा सम्पन्न गरेको छ । कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले कृषि कर्जाका लागि बैक र बीमा कम्पनीहरुले सहजिकरण गर्नुपर्ने धारणा राख्नुभयो । कृषकहरुलाई बीमा झन्झटिलो, असहयोगी र भुक्तानी प्रकृया पनि असहज बनाउद नैराश्यता छाएको उहाँको भनाई रहेको छ ।कार्यालय प्रमुख कुलप्रसाद दवाडीले काभ्रे तथा सिन्धुपाल्चोक जिल्लामा कृषि बीमा तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहको अवस्था तथा समस्याहरुका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै कृषि बीमा, पशुपंक्षि तथा जडिबुटि बीमा तथा त्यसको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी दिनुभयो । कार्यक्रममा कृषि बीमा फोकल पर्सन बागवानी विकास अधिकृत रितेश कुमार झा, कृषि कर्जा तथा ऋण सम्बन्धि ब्यवस्था तथा प्रबाहको अवस्थाको बारेमा कृषि विकास बैङ्क, धुलिखेल कर्जा शाखामा कार्यरत बिनोद रिजाल र निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौं बाट विक्रान्त आचार्यले आ–आफ्नो कार्यपत्रको प्रस्तुतीकरण राख्नुभएको थियोे । नेपालमा कृषि, पशुपन्छी तथा जडिबुटीका बीमाका लागि तोकिएका बीमा कम्पनीहरु १४ वटा रहेका छन् । काभ्रे र सिन्धुपाल्चोक जिल्लाका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बीमा गराउने अनुमति पाएको छ । कृषि कर्जा  प्रवाह गर्ने बैक तथा वित्तिय संस्थाहरु जिल्लामा  कृषि विकास बैक, राष्ट्रिय बाणिज्य बैक र नेपाल बैक लिमिटेड रहेका छन् भने गरिमा विकास बैक लगायत विभिन्न लघुवित्त र सहकारीहरुले सहुलियतपूर्ण कृषि कर्जा प्रदान गर्दै आएका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्