IMG-LOGO

मण्डनदेउपुरनगरलाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा

 मंगल, बैशाख ८, २०८३  --

      मण्डनदेउपुर नगरपालिकालाई आ.व. २०८२/०८३ आर्थिक वर्षका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेको छ । आइतबार नगरप्रमुख एवं नगरस्तरीय खोप समितिका संयोजक टोकबहादुर वाईबाको सभापतित्व तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका प्रमुख विपककुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । मण्डनदेउपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको हो ।

      यो नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिका मध्ये जिल्लामै दोस्रो नम्बरमा परेको छ । गत वर्ष यो नगर तेस्रो नम्बरमा परेको थियो । यो वर्ष नमोबुद्ध नगरपालिका पहिलो भएको छ । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपतीले मण्डनदेउपुर जिल्लाका नगरपालिका मध्ये दोस्रो पूर्णखोप पालिका भएको र अबका केही महिनामा सबै स्थानीय सरकारलाई यस अभियानमा संलग्न गराइने बताउनुभयो ।

      हाल नगरपालिकामा १५ महिना मुनीका बालबालिका २१६ जना पूर्णखोप प्राप्त छन् । १६ देखि ५९ महिनासम्मका ३३३ जना बालबालिका रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जनाउनुभयो । वडानम्बर १ मा ४८, वडानम्बर २ मा ३६, वडानम्बर ३ मा ३७, वडानम्बर ४ मा ४९, वडा नम्बर ५ मा १६, वडानम्बर ६ मा ७३ जना बालबालिकाले खोप लगाएका छन् । यस्तै वडानम्बर ७ मा पूर्ण खोप लगाउनेको संख्या ८१, वडानम्बर ८ मा ४८, वडानम्बर ९ मा ४३, वडानम्बर १० मा ३५, वडानम्बर ११ मा ५१ र वडानम्बर १२ मा ३२ गरि ५४९ जना बालबालिका रहेको बताउनुभयो ।

      गत वर्ष नगरपालिकामा १५ महिना मुनीका बालबालिका ३५२ जना, १६ देखि २३ महिनासम्मका २३६ र २४ देखि ५९ महिनासम्मका १ हजार १०७ जना बालबालिका रहेको तथ्यांक थियो । आइतबारको कार्यक्रममा यस अभियानमा साथ दिने सबै वडा, सम्बद्ध कर्मचारी लगायतलाई सम्मान समेत गरेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्