पनौतीको ठाडो बाटोमा प्रविधिको प्रयोगद्वारा तरकारी तथा फलफूलका विषादीको न्यूनीकरण गर्न फुड बैंक सञ्चालन गरेको छ । पनौती नगरपालिका–४ स्थित ठाडोबाटोमा राष्ट्रिय कृषि कम्पनी नेपालको सहायक कम्पनी आरकेसिएनएल फुड बैंक लिमिटेडले सो ‘फुड बैंक’ सञ्चालनमा ल्याएको कुरा कम्पनीका अध्यक्ष विशाल हुमागाइले बताउनुभयो ।
कम्पनीले ‘ओजोन वास’ प्रविधिद्वारा तरकारी तथा फलफूलको बाहिरी भागमा रहेको विषादीको अवशेषलाई ९९ प्रतिशतसम्म कम गर्ने दावि गरेको छ । उक्त प्रविधियुक्त फुड बैंकमा स्थानीयस्तरमै उत्पादन भएको तरकारी–फलफूललाई ‘ओजोन वास’ गरी उपभोक्तालाई कम शुल्कमा गुणस्तरीय फुड उपभोग गर्ने वातावरण तय गरिएको उल्येख गर्नुभयो । फुड बैंकका अध्यक्ष हुमागाइले फुडबैंकबाट किसान र उपभोक्ता दुवैलाई लाभान्वित गराउने ध्ययले कम्पनी स्थापना गरेको जनाउनुभयो । फुड बैंकका अध्यक्ष विशाल हुमागाईँले उल्येख गर्नुभयो ।
काभ्रेपलाञ्चोकको तीन स्थानीय सरकार पनौती, बेथानचोक र बनेपाका कृषकलाई समेटेर पहिलो चरणमा कार्यक्रम प्रारम्भ गरिएको अध्यक्ष हुमागाईँले जानकारी दिनुभयो । उहाँको भनाइ अनुसार काभ्रे जिल्लाका करिब ६० हजार कृषकसम्म यो कार्यक्रम विस्तार गर्ने लक्ष्य लिइएको बताउनुभयो । उक्त फुड बैंकमा ताजा तरकारी र फलफूल संकलन गर्दै ओजोन वास गरी बिक्री वितरणका लागि राखिनेछ । बैंकमा पाँच हजार केजी क्षमताका दुई कोल्डस्टोर भण्डारकोसमेत व्यवस्था गरिएको जनाएको छ ।
कम्पनीले प्रयोगमा ल्याएको ओजोन वास प्रविधिअन्तर्गत ओजोनयुक्त पानी प्रयोग गरी तरकारी तथा फलफूलमा रहेका विषादी अवेष न्यूनीकरण गर्दै जीवाणुसमेत नष्ट गरेपछि स्वास्थवधक हुन्छ । प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ का सांसद बदन भण्डारीले शनिबार उद्घाटन गर्नुभएको फुडबैंक कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक गौतम, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी लगायतको आतिथ्यता रहेको थियो । कम्पनी सचिव विष्णु बरालका अनुसार ४ हजार सदस्य रहेका उक्त कम्पनीको ८५ करोडको शेयर पूँजी रहेको जनाउनुभयो । नेतृत्व, बजार प्रविधिको विकास, आपूर्ति, बजार मागलाई सन्तुलन ल्याई कृषिमा रुपान्तरण ल्याउने उद्देश्यका साथ फुडबैंक सञ्चालनमा ल्याएको सचिव बरालले बताउनुभयो ।
