सरकारले निजि तथा सार्वजनिक सवारीसाधनमा अअ अबmभचब र नउक र कयक बटन नेपाल सरकारले नै शुल्क लिई जडान गरिदिनु भएको भए उचित हुन्थ्यो ।, नेपाल सरकारले सवारीसाधन दर्ता गर्ने बेलैमा सवारी साधनको बीमा नेपाल सरकारले सरकारको बिमा कम्पनीलाई जिम्मा दिई सवारी दर्ता गर्ने प्राबधान मिलाउन सके जुनसुकै ब्यबसायिलाई सरल हुनेछ ।, नेपाल सरकारले सवारी साधनको सम्पुर्ण बिमा नवीकरण, सवारी कर, आयकर, किताब (ब्लुबुक), सडक इजाजत पत्र नवीकरण, नामसारी गर्ने बेलैमा बीमाको नवीकरण गरि कागजात पनि नवीकरण गर्ने ब्यबस्था गरिदिने गरे सम्पुर्ण सवारी धनिलाई सहजीकरण हुनेछ ।, कुनै पनि सवारी साधन दुर्घटना हुँदा घाइतेको सम्पुर्ण औषधि उपचार खर्च नेपाल सरकारले तोकेको अस्पतालमा उपचार गराउने प्राबधान गरिदिने गरि उपचारको ब्यबस्थापन नेपाल सरकारको ब्यस्थापन कर्मचारीले ब्यबस्थापन गर्ने र ब्यबसायी र पीडित पक्ष लाई सौहार्दता व्यबहार कायम गराउने ।, दुर्घटना भई अंगभंग भएमा सो को क्षतिपुर्ती रकम पर्मार्जित गरि पीडित लाई राहत हुने गरि राहत रकमको ब्यबस्थापन गर्ने ।, दुर्घटना भै तेस्रो पक्षको बटुवा,यात्रुको मृत्यु भएमा मृतक क्षतिपुर्तीको पनि अध्ययन गरि पुन नियमावली संशोधन गरि मृतकको परिवारलाई राहत हुने किसिमको रकमको ब्यबस्थापन होस । त्यस्तै सवारीसाधन दुर्घटना भई तेस्रो पक्षको कुनै भौतिक सम्पत्ति क्षती मानबिय क्षती (मृत्यु) भएको अवस्थामा प्रहरी प्रशासन ले सवारी पक्ष र मृतक पक्षलाई छलफल गराउने परम्परालाई अन्त्य गरियोस ।
– राजन भालु
