नेपाल कम्यूनिष्ट पार्टीका नेता एवं बागमती प्रदेशका कृषि तथा पशुपन्छी बिकास पूर्वमन्त्री बसुन्धरा हुमागाइलाई पितृशोक परेको छ । पनौती नागरपालिका वडा नं. १२ कलाती भूमिडाडा का ७६ वर्षीय नारायण प्रसाद हुमागाइको २०८३ बैशाख ५ गते शनिबार निधन भएको हो । इन्द्रादेवी प्राविमा दुई दशक सम्म शिक्षण सेवा गर्नुभएका स्वर्गीय नारायण प्रसादका एक श्रीमती, ७ भाइ छोरा, दुई छोरी रहेका छन् । साइलो छोरा बद्रीप्रसाद हुमागाईको पनि निधन भइसकेको छ । स्वर्गीय नारायण प्रसाद हुमागाईप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारजनप्रति काभ्रे टाइम्स र रेडियो एविसी परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।
