बालेन सरकारले राष्ट्रसेवक कर्मचारीलाई १५–१५ दिनमा तलब दिने निर्णय गरेको छ । त्यसै अनुसार अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरुको तलब भुक्तानी प्रणालीलाई मासिकबाट अर्धमासिक रुपमा रूपान्तरण गर्ने औपचारिक निर्णय गरिसकेको छ ।
यो निर्णय कार्यान्वयनमा आएपछि सबै राष्ट्रसेवक कर्मचारीहरूले हरेक १५ दिनमा एकपटक गरी महिनामा दुई किस्तामा तलब तथा भत्ता प्राप्त गर्नेछन् । यसअघि तलब १ महिनामा आउने गर्थ्यो ।
