काठमाडौं विश्वविद्यालय धुलिखेलमा शैक्षिक पूर्वाधार भवन थपिएको छ । ठ्राङ्गु रिन्पोछे एकेडेमिया उद्योग ब्लक पूर्वाधारको प्रतिनिधि सभाका सदस्य डा.राम लामाले उद्घाटन गर्नुभयो । विश्वविद्यालय र सहयोगी संस्थाबीचको सहकार्यले ज्ञान, सिप, संस्कार मूल्यमान्यता र नवप्रवर्तनलाई आत्मसाथ गर्ने जनाएको छ । नवनिर्मित ब्लक भवन शैक्षिक गतिविधि, बौद्ध अध्ययन, विविध सिकाइ कार्यक्रम तथा ध्यानसम्बन्धी पहलका लागि प्रयोग गरिनेछ । यसले विद्यार्थी र अनुसन्धानकर्तालाई शान्त, प्रेरणादायी र अनुसन्धानमैत्री वातावरण उपलब्ध गराउने अपेक्षा लिएको छ । विश्वविद्यालयले यसलाई बुद्ध शिक्षा सन्देश शिक्षा र आध्यात्मिकताको संगमकारूपमा विस्लेषण गरेको छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य डा.राम लामाले भवन निर्माणसँगै जिम्मेवारी थप भएको जनाउनुभयो । उपकुलपति प्रा. डा. अच्युत वाग्लेले विश्वविद्यालयको शैक्षिक कार्यक्रमहरूको विस्तार गर्ने प्रभावकारीता गर्दै लगिने जनाउनुभयो । विश्वविद्यालयका रजिस्टार प्रा. डा. राजिव श्रेष्ठले पनि भवनले आफ्नो ध्ययअनुरुप शैक्षिक क्रियाकलापलाई थप उचाइमा पुर्याउन लाग्ने बताउनुभयो । कार्यक्रमका संस्थाका अध्यक्ष चोजे लामा वाङचुकले निर्माणका लागि प्राप्त सहयोग रकम र समग्र निर्माण कार्यको अवस्थाको सवालमा जानकारी दिनुभयो । इन्जिनियर लक्ष्मण लामाले सहयोगी दाता संघ संस्था र काठमाडौं विश्वविद्यालय बीचको समन्वयले थप भवन ब्लक निर्माणले शैक्षिक उपलब्धी हाँसिलमा मद्दत पुग्ने बताउनुभयो ।
