IMG-LOGO

गृहमन्त्री सुधन गुरुङको कर्तुत बाहिरीयो

 मंगल, बैशाख ८, २०८३  – ईश्वर अर्याल

      सुदन गुरुङ हिजोको आलोकाँचो केटो, आजको ‘खुंखार’ आर्थिक र भू–राजनीतिक खेलाडीका रूपमा देखिएको छ । जन–आस्थामा प्रकाशित खबर अनुसार गृहमन्त्री गुरुङ बिचौलिया दीपक भट्टका साझेदार देखिएका छन् ।

      अघिल्लै सरकारको हर्ताकर्तादेखि गृहमन्त्री हुने बेलासम्म धेरैको र मेरो पनि एउटा धारणा थियो । यो धेरै पढाइलेखाइ नभएको केटो, दरबारमार्गमा डीजे गर्ने, भुइचालोपछि समाजसेवामा लागेको, यसलाई राजनीति के थाहा होला र ?

      सोझो गुरुङको छोरो, कानून संविधान नजानेको नबुझेको, रीस अलि बढी भएको, गृहमन्त्री जस्तो संवेदनशील पदलाई कसरी न्याय गर्ला ? अपराधको नेक्सस कसरी पत्ता लगाएर तोड्ला ? संविधान र कानूनको व्याख्या कसरी गर्ला ? सक्दै सक्दैन । देश यस्तो आलोकाँचो केटाको हातमा हुनै सक्दैन ।

      हिजो–आजको सुदन गुरुङ सयौं तोला सुनको मालिक । फेवातालको अतिक्रमित जग्गामा व्यापार व्यवसाय गर्न तम्सिएको । हदबन्दी भन्दा बढी जग्गा । सेयर मार्केटको खेलाडी । बिचौलियाहरूसँगको उठ बस । धनी नजन्मिए पनि गरिब मर्न नपरोस भन्ने सिध्दान्तको चौथो कपी बोकेर हिंड्ने, पिर्के सलामी, भू–राजनीतिक खेलाडी, ब्ला..ब्ला..ब्ला..

      हिजो लाग्थ्यो– देश यस्ता आलाकाँचा ट्यापेको हातमा जान सक्दैन । आज लाग्छ– देश यस्तो ‘नामूदु बिचौलियाको हातमा जान सक्दैन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्