बनेपा नगरपालिकाले आयोजना गरेको बालमैत्री स्थानीय शासनयुक्त वडा, नगर घोषणा तथा दीगोपनाका लागि विभिन्न सरोकारवाला निकाय एवं संघ संस्थाहरुको भुमिका सम्बन्धि अन्तर्कृया कार्यक्रम गत बुधबार सम्पन्न भएको छ । कार्यक्रमको पहिलो चरणमा बालमैत्री प्रशिक्षक एवं सहजकर्ता नवीनचन्द्र घिमिरेले प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले बालमैत्रि स्थानीय शासन प्रबद्र्धनका सिद्धान्त र रणनीतिका बारेमा प्रशिक्षण दिनुभयो । दोस्रो चरणमा प्रधानाध्यापक एवं शिक्षा शाखाका बालमैत्रि फोकल पर्सन हरुको सहभागीता रह्यो । बालमैत्रि स्थानीय शासनका ५१ वटा सुचकहरु पूरा गर्ने उदेश्यले विभिन्न गतिविधि गरिरहेको बनेपा नगरको उक्त कार्यक्रममा बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत पोषण लामिछाने, जनप्रतिनिधिहरु, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख भगवती तामाङ, महिला बिकास निरीक्षक सपना ओलि, शिक्षा शाखा प्रमुख देवराज निरौला, नगर आधारभूत अस्पतालका प्रमुख, नगरपालिकाको वडा अन्तर्गतका स्वास्थ्य संस्थाका प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका, प्रधानाध्यापक, वडा सचिव, संचारकर्मी, बिभिन्न व्यवसायीक संघ÷संस्थाका अध्यक्ष, टोल विकास संस्थाका अध्यक्षहरु, युवा क्लब÷नगर बाल संजालका पदाधिकारीहरु लगायत सम्बन्धित सबै सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
