साहित्यकार कवि मुरहरि रायमाझीको पुस्तक शनिबार राष्ट्रिय शिक्षक संगठन काभ्रेको सभाहलमा लोकार्पण गरिएको छ । ५७ वटा कविता समावेस भएको उक्त कविता ९६ पेजको छ । वेथिति, विकृति विसंगतिको विरुद्ध, सामाजिक चेतना र राष्ट्रिय भावनाले ओतप्रोत भएको नेपालमा के छैन ! नामक पुस्तकको लोकार्पण प्रगतिशिल लेखक संघ केन्द्रीय कोषाध्यक्ष डाक्टर कृष्ण सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले साहित्य सृजनाबाट संसार बदल्न सक्ने सामर्थय हुनुपर्छ, त्यसले सामाजिक चेतना पैmलाउन सक्ने विषय बस्तु मुरहरिको कृतिमा भएकोमा हार्दिक धन्यवाद दिनुभयो । प्रमुख अतिथि सुवेदीले २००७ सालदेखि २०३६, २०४६, २०६२÷०६३ सालको युगान्तकारी परिवर्तनमा साहित्य सृजना र संचारमाध्यमको महत्वपूर्ण भूमिकाबाट आन्दोलन सफलता प्राप्त भएको उल्येख गर्नुभयो । गत भाद्र २३ र २४ गतेको जेन–जी आन्दोलनले भ्रस्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने मुद्दालाई राम्रो मान्न सकिन्छ तर त्यसको नाममा राष्ट्रिय सम्पदाको विध्वशं, लोकतान्त्रिक व्यवस्था ल्याउन भूमिका खेलेका दलका नेताका घरहरु जलाउने अराजकता मच्याउने कुतत्वहरुको भण्डाफोर गरी राष्ट्र जोगाउन तपाई हामी सबै लाग्नुपर्ने धारणा प्रमुख अतिथि सुवेदीले राख्नुभयो । विसिस्ट अतिथी डाक्टर सिता सुवेदीले पुस्तकको समिक्षा गर्दै कवितामा नीति चेतनाको सन्देश पैmलाउनुका साथै देशको आर्थिक, सामाजिक रुपान्तरणमा केन्द्रीत हुनुपर्ने तर्क गर्नुभयो ।
प्रगतिशील लेखक संघ काभ्रेको आयोजनामा भएको पुस्तक लोकार्पण कार्यक्रममा संस्थाका अध्यक्ष रक्तिम लामाले लोकतान्त्रिक व्यवस्था प्राप्तिपछि समावेसीता, विकास र समृद्धिका यात्राका ढोका खुल्दै गएकोमा देशी, विदेशी शक्ति मुलुकको हित नचाहनेहरुले देशमा केहि भएको छैन भन्ने भास्य सृजना गरी विध्वशं गरी मुलुकलाई वर्वाद गरेको औलाउनुभयो । उक्त कार्यक्रममा हरि चौलागाई, सारदा नेपाल, सुभद्रा अधिकारी, सुशीला विस्ट, हृदयकृत, रामसुन्दर देउजा, ओम तिमल्सिना, गरिमा अधिकारी लगायत कविहरुले कविता वाचन गर्नुभएको थियो । पुस्तक लेखक मुरहरि रायमाझीले माटोमा सुन फल्छ नामक कविता वाचन गर्नुभएको थियो । उक्त कार्यक्रममा सामाजिक चेतना छर्ने गीत गायककारद्वय लोक गायक मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले कार्यक्रमलाई थप रोचक बनाउनु भएको थियो । कृतिकार मुरहरिले झण्डा झुक्नु हुँदैन, गजल संग्रह, शासन खै विधिको, गाउँ विरानो भयो, कुशल प्रशासक असल लेखक चन्द्रवहादुर खड्का र के छैन नेपालमा लगायत ६ वटा कृति सार्वजनिक भइ सकेका छन् ।
