IMG-LOGO

किडजोन मन्टेश्वरीको दीक्षान्त

 मंगल, बैशाख १, २०८३  --

          बालकेन्द्रीत शिक्षण सिकाइ गरी बाल प्रतिभाको उजगार गर्ने उद्देश्यका साथ धुलिखेल–४ मा सञ्चालित किडजोन मन्टेश्वरीको चौथो दीक्षान्त समारोह तथा अभिभावक दिवस शनिबार नमोबुद्ध पार्टी प्यालेस बनेपामा सम्पन्न भयो । विद्यालयका अध्यक्ष ईश्वर केसीको सभापतित्व तथा धुलिखेल नगरपालिकाका कार्यवहाक नगर प्रमुख निराजन जंगमको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा विद्यालयकी प्रिन्सिपल सितल केसीले शैक्षिक गुणस्तर बिकासको सवालमा आप्mनो प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि निराजन जंगमले धुलिखेल नगरले शिक्षा स्वास्थ्य क्षेत्रको स्तरीय बिकासमा सहयोग गर्दै नागरिकलाई सेवा प्रदान गरेको बताउनुभयो । प्रमुख अतिथि जंगमले किडजोन मन्टेश्वरीले बालबालिकाको चौतर्फी बिकास गर्ने शिक्षा प्रदान गरेकोमा प्रसंसा गर्नुभयो । प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले संस्थागत विद्यालयले विद्यार्थीहरुलाई संस्कार, अनुसासन सहित जीवन उपयोगी शिक्षा प्रदान गरेको बताउनुभयो ।

          प्याब्सन काभ्रेका पूर्वअध्यक्ष सत्यनारायण श्रेष्ठले अभिभावक र विद्यार्थीको इच्छा अनुसारको शिक्षण सिकाइ संस्थागत विद्यालयले प्रदान गरेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष मोतिराम तिमल्सिना, सामुदायिक रेडियो प्रसारक संघ काभ्रे संयोजक एवं रेडियो एविसीका अध्यक्ष रमेशप्रसाद न्यौपाने, माउन्टभीयू अंग्रेजी सेकेण्डरी स्कुलका प्रिन्सिपल मुक्ति रिजाल, सञ्जीवनी कलेजका प्रमुख पुजन श्रेष्ठ, इन्हाउस एकेडेमीका अजव श्रेष्ठ, समुन्नत पाठशालाकी प्रिन्सिपल अनीता आचार्य, विद्यालयका अभिभावक र बालबालकाहरुको सहभागीता रहेको कार्यक्रममा बालबालिकाहरुले आ–आप्mनो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयमा सिकेका विषय बस्तु, नृत्य, भाषण बालबालिकाले स्टेजमा प्रस्तुत गर्दा अभिभावकहरु निक्कै चासोपूर्वक हेर्ने र भिडियो खिच्न ताल्लिन रहनुभएको थियो । उक्त कार्यक्रममा १५ जना विद्यार्थीलाई दीक्षीत गरिएको थियो । हाल उक्त विद्यालयमा १ सय ५ जना बालबालिका अध्ययनरत छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्