IMG-LOGO

समाजसेवी गजराज सम्मानित

 मंगल, बैशाख १, २०८३  --

          बनेपाका गजराज कायस्थ सम्मानित हुनुभएको छ । रामभक्त कोख श्रेष्ठ स्मृति सिरपा प्रबन्ध समितिको २३ औं साधारण सभामा समाजसेवी गजराजलाई कदर पत्र र नगद २५ हजार सहित सम्मान गरिएको छ । संस्थाका अध्यक्ष हरिभक्त भोछीभोयाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सामाजिक बिकासमन्त्री कन्चन चन्द्र बादेको प्रमुख आतिथ्यता तथा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य विसिष्ट अतिथि हुनुहुन्थ्यो । हिजो सम्पन्न संस्थाको साधारणमा समितिका सदस्य, वौद्धिक व्यक्तित्वहरुको सहभागीता रहेको थियो । शिक्षा सेवी, समाज सेवी, बनेपा नगरपालिकाका पूर्व नगर प्रमुख रामभक्त कोख श्रेष्ठको स्मृतिमा समाजमा विसिष्ट योगदान पु¥याउँदै आउनुभएका व्यक्तित्वहरुलाई हरेक वर्ष सम्मानित गर्दै आएको कुरा संस्थाका सचिव कृष्णप्रसाद कायस्थले बताउनुभयो । प्रोफेसर डाक्टर उत्तम कर्माचार्य, शिक्षा विद हरिशंकर मानन्धर, वरिष्ठ साहित्कार मोहन दुवाल, समाज सेवी सिद्धिवहादुर कर्माचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन कृष्णप्यारी नकर्मीले गर्नुभएको थियो । हालसम्म संस्थाबाट २९ जना व्यक्तित्वहरु सम्मानित भएको संस्थाले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्