IMG-LOGO

बालबाटिका स्कुलको ३७ औं वार्षिकोत्सव तथा दीक्षान्त

 मंगल, चैत २४, २०८२  --

 

          शैक्षिक गुणस्तर वृद्धिलाई मुल नारा अघि सारेर सञ्चालित बालबाटिका विद्या मन्दिर माध्यमिक विद्यालय बनेपाले आफ्नो स्थापनाको ३७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

          कार्यक्रम विद्यालयका संस्थापक निर्देशक रवि श्रेष्ठको अध्यक्षतामा तथा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समारोहमा एसईई २०८१ मा ४ जिपिए ल्याई जिल्ला प्रथम हुने विद्यार्थी सुशान्त गौतमलाई नगद १० हजार सहित सम्मान गरिएको थियो । विद्यालयकी प्रिन्सिपल रजना श्रेष्ठले विद्यालय स्थापना कालदेखि हालसम्म निर्माण गरिएको शैक्षिक गुणस्तर वृद्धि गर्दै, ज्ञानसिप, संस्कार सहितको शिक्षा प्रदान गरी शिक्षाको उज्यालो पैmलाएको बताउनुभयो ।

          कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले शिक्षा विश्वबजारमा विक्ने, जीवन उपयोगी, उत्पादन र उद्योगसँग जोडिने हुनुपर्छ भन्नुहुँदै संस्थागत विद्यालयले विद्यार्थीलाई आत्मनिर्भर बनाउने शिक्षा प्रदान गरेको बताउनुभयो । उहाँले बालबाटिका स्कुलले शैक्षिक स्तर उन्नतीमा सघाएको बताउनुभयो । संस्थापक निर्देशक रवि श्रेष्ठले विद्यालयले उत्पादन गरेका विद्यार्थी तथा अभिभावकहरूको सन्तुष्टिले नयाँ शैक्षिक कार्यक्रमहरू कार्यान्वयन गर्दै लगेको जनाउनुभयो । प्याब्सनका महासचिव आरवी कटुवाल, त्यसैगरी उपमहासचिव भिमसेन केसी, कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, पूर्व अध्यक्ष सत्यनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतले विद्यालयको शैक्षिक प्रगतिको बारेमा चर्चा गर्नुभएको थियो ।

          कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए । दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । यसै अवसरमा विद्यार्थीहरू विज्ञा मोक्तान, सयोना सिग्देल, श्रृषा मानन्धर, रोशनी कुमारी शाह, सरिता श्रेष्ठ, शिक्षक शुभेच्छा खत्री तथा अभिभावक गोकर्ण दुलाल लगायतले विद्यालयले प्रदान गरेको शिक्षाको प्रभावकारिताबारे चर्चा गरेको थिए । नर्सरीदेखि युकेजी सम्मका १ सय ३१ विद्यार्थी दीक्षीत गरिएको थियो । हाल ४ सय विद्यार्थी अध्ययनरत छन् । कार्यक्रमको सञ्चालन शिक्षक मन्जु हाडाले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्