IMG-LOGO

प्रदेश स्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम

 मंगल, चैत २४, २०८२  --

          प्रदेश स्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम हिजो धुलिखेल सनराइज होटलमा सम्पन्न भयो । वर्तमान परिस्थितिमा सहकारी क्षेत्रको समस्या समाधानको उपाय, सहकारी क्षेत्रको व्यवसायिक विकासमा सरोकारवाला तथा सहकारीकर्मीहरुको भूमिका बारेमा छलफल भएको थियो । सहकारी संस्थाहरुलाई व्यवस्थित र नियमनका लागि आवश्यक पहलकदमीका सवालमा छलफल गरिएको हो । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी (पौडेल) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महाशाखा प्रमुख उमेशकुमार दाहालको अध्यक्षतामा भएको कार्यक्रममा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद सिग्देल, प्रदेश रजिस्टार कार्यालयका रजिस्टार प्रदिपराज पौडेल, समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव प्रविण खनाल, बागमती प्रदेश सहकारी संघ लि. का अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा अतिथि रहनुभएको थियो । काभ्रे, रामेछाप, सिन्धुली, सिन्धुपालचोक र भुक्तपुर जिल्लाको सहकारी संघको प्रतिनिधित्व गरेको कुरा जिल्ला सहकारी संघ काभ्रेको कोषाध्यक्ष अर्जुन सापकोटाले बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्