पनौती नगरपालिका–५ श्रीखण्डपुर स्थित एसओएस हर्मन माइनर स्कुलले विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । उक्त अवसरमा ३१ जना बालबालिकालाई औपचारिक शिक्षामा प्रवेश गराउँदै दीक्षित गरेको छ । विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा विविध सांस्कृतिक तथा शैक्षिक गतिविधिसहित सभ्यरुपमा मनाएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल नरेश्वर आचार्यले संस्थाको समग्र शैक्षिक सवालमा प्रकाश पार्नुभयो ।
विद्यालयको पूर्व–प्राथमिक तहमा हाल १८९ जना विद्यार्थी अध्ययनरत छन् भने चालु शैक्षिक सत्रमा कुल ६८० विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयमा ५० जना शिक्षक तथा कर्मचारीमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयका २३ औं ब्याचका विद्यार्थीहरूले एसएलसी तथा एसईई परीक्षा दिइसकेका छन् भने कक्षा १२ को परीक्षामा सहभागी हुने १८औं ब्याच तयारी अवस्थामा रहेको जानकारी उनले दिए । विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा पनि विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेको प्रिन्सिपल आचार्यले उल्येख गर्नुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल्सीरत्न छुन्जुको प्रमुख आतिथ्यतामा तथा प्रिन्सिपल आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी उप–प्रिन्सिपल रमिता देउजाले गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूले विद्यालयले प्रदान गरिरहेको शैक्षिक गुणस्तर विकास थप प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहको जनाएको छ । कार्यक्रमका अवसरमा दीक्षित बालबालिकाहरूले आ–आप्mनो प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।
