आदर्श विद्या मन्दिर (एविएम) स्कुलले ग्प्न् मा अध्ययनरत ६२ जना विद्यार्थीहरुलाई सोमबार दीक्षीत गरेको छ । तेजगंगा बहुमुखी क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीको प्रमुख आतिथ्यता एवं विद्यालय÷क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण आचार्यको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालयकी सहायक प्रिन्सिपल ललिता बञ्जाराले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले विद्यालयको वर्तमान अवस्था र भावि कार्ययोजनाका बारेमा प्रगति प्रतिवेदन पेश गर्नुभयो । विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुती मार्पmत मनोरञ्जन प्रदान गरेको कार्यक्रममा प्राध्यापक भोजराज तिमल्सिना, स्कुल को–अर्डिनेटर सरोज कुइकेल, इसिए को–अर्डिनेटर राजेन्द्र सापकोटा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक संघका पदाधिकारी, विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, पत्रकार एवं शिक्षासेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षिका पार्वती हुमागाईले गर्नुभएको थियो ।
