IMG-LOGO

ब्यूटीसियन बेशिक ट्रेनिङ प्रारम्भ

 मंगल, चैत २४, २०८२  --

          बनेपा नगरपालिकामा एक महिने निःशुल्क ब्युटिसियन बेसिक ट्रेनिङ (द्यभबगतष्अष्बल द्यबकष्अ त्चबष्लष्लन) बुधबारदेखि प्रारम्भ भएको छ । हाम्रो सरोकार संस्थाको समन्वय तथा स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरुको आयोजनामा यो तालिम सञ्चालन गरिएको हो । कार्यक्रमलाई लायन्स इन्टरनेशनलले सहयोग पु¥याएको हो । बनेपा नगरपालिकाकी उप–प्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले महिलाहरूलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन तालिम लिएर उद्यमी बन्नुपर्ने धारणा राख्नुभयो ।

          कार्यक्रम स्कुल अफ ब्युटिसियन आईटीसीका रुस्का वैध श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । उद्घाटन कार्यक्रम हाम्रो सरोकारकी अध्यक्ष सम्झना खतिवडाले संचालन गर्नुभएको थियो । कार्यक्रममा हाम्रो सरोकारका आजीवन सदस्य हर्ष राज शाह, सचिव मञ्जु आचार्य, कोषाध्यक्ष ईश्वर के.सी., उपाध्यक्ष सेवक श्रेष्ठ, सह–सचिव विमला श्रेष्ठ र कार्यसमिति सदस्य जीनेश रत्न शाक्य लगायतको उपस्थिति रहेको थियो । यो एक महिने आधारभूत तालिमले स्थानीय महिलाहरूलाई व्यावसायिक ब्युटिसियन बन्न आवश्यक पर्ने प्रारम्भिक सीप र ज्ञान प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ । लायन्स क्लब अफ इन्टरनेश्नल डिस्ट्रिक ३२५ का गभनर विधान जोशी, रेडियो एविसीका अध्यक्ष रेमशप्रसाद न्यौपाने स्टेशन म्यानेजर हरिनाथ न्यौपानेको आथिथ्यता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्