IMG-LOGO

समुन्नत पाठशालाका युकेजीका विद्यार्थी दीक्षित

 मंगल, चैत २४, २०८२  --

 

          समुन्नत पाठशाला धुलिखेलको छैटौं दीक्षान्त समारोह विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवकृष्ण श्रेष्ठको सभापतित्व तथा प्याब्सन काभ्रे अध्यक्ष श्याम भुजेलको प्रामुख आतिथ्यता र रेडियो एबिसीका अध्यक्ष एबम काभ्रे टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने विशिष्ट अतिथि हुनुहुन्थ्यो । विद्यालयकी प्रिन्सीपल अनिता आचार्यले शैक्षिक स्तरीयताको बारेमा प्रष्ट पार्नुभयो । युकेजीका ३७ जना बालबालिका दीक्षित भएका छन् । उक्त विद्यालयमा १ सय ६० विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्याब्सन काभ्रेका अध्यक्ष भुजेलले समुन्नत पाठशालाले बालबालिकाको सर्वाङ्गीण विकास हुनेगरी शिक्षा प्रदान गरेकोमा प्रशंसा गर्नुभयो । रेडियो एविसीका अध्यक्ष एवं काभ्रे टाइम्सका कार्यकारी सम्पादक न्यौपानेले ज्ञान, सिप प्रविधिको विकास, संस्कार, अनुशासन कायम सहितको शिक्षण सिकाइले राष्ट्रको योग्य र सभ्य नागरिक उत्पादनको गन्तव्य पुरा हुने बताउनुभयो । धुलिखेल नगर प्याब्सनका अध्यक्ष मिलन आचार्य, सल्लाहकार मुक्ति रिजाल नव क्षितिज साप्ताहिकका प्रधान सम्पादक नवराज बजगाइ लगायतको आतिथ्यता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्