IMG-LOGO

नाइटिङ्गेल एकेडेमीको एसकेजी दीक्षान्त समारोह

 मंगल, चैत २४, २०८२  --

          नाइटिङ्गेल एकेडेमी बनेपाले क्प्न् मा अध्ययनरत विद्यार्थीहरुको ११ औं दिक्षान्त एवं क्भ्भ् २०८१ उत्तीर्ण विद्यार्थीहरुलाई बिदाई कार्यक्रम शनिबार सम्पन्न गरेको छ । शैक्षिक सत्र २०८१ मा एस.ई.ई. उतिर्ण ४३ जना विद्यार्थीहरुलाई सम्मान तथा कक्षा एसकेजी उत्तिर्ण ६४ जना विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो । श्रीमेहर गण धुलिखेलका गणपति झलक सुवेदीको प्रमुख आतिथ्यता एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल उमा बस्नेत, विद्यालयका को–अडिनेटर विक्रम प्रजापति तथा प्रि–प्राईमरी को–अडिनेटर पुण्यश्वरी मानन्धरले विद्यालयले प्रदान गरिरहेको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधारसँगै प्रविधियुक्त शिक्षा, बालबालिकाहरुको सिकाई उपलब्धी, ब्यवहारीक तथा नैतिक र सामाजिक शिक्षा, संस्कृति र संस्कारयुक्त शिक्षाका लागि विद्यालयले उपलब्ध गराएको वातावरण लगायतका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । विद्यार्थीहरुले बिबिध सांस्कृतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेको उक्त कार्यक्रममा विद्यालयको प्रथम महिला सिंजा रञ्जित, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, अभिभावक, शिक्षक एवं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्