बेलर इन्टरनेशनल एकेडेमी अन्तर्गत रहेको किड्स क्यास्टल मन्टेश्वोरी स्कुलको १५ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाले कार्यक्रमको उद्घाटन गर्दै किड्स क्यास्टलले बालबालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको र समय अनुसारको शिक्षाका लागि आवश्यक सम्पूर्ण गतिविधिहरु उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । यो बर्ष ७१ जना बालबालिकालाई दीक्षित गरिएको थियोे। बेलर इन्टरनेशनल एकेडेमीकी प्रिन्सिपल इन्दु थापाले विद्यार्थीहरुलाई व्यवहारिक तथा सामाजिक ज्ञानसँगै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको जानकारी दिनुभयो । किड्स क्यास्टल मन्टेश्वोरी स्कुलकी प्रिन्सिपल सविना प्रजापति कारञ्जितले बालबालिकालाई केवल ज्ञान प्रदान गर्नु मात्र पर्याप्त नभई उनीहरूमा अन्तर्निहित क्षमता र सीपलाई प्रस्फुटन गराउनु विद्यालय र अभिभावक दुवैको प्रमुख जिम्मेवारी भएको बताउनुभयो । विद्यार्थीहरुले बिबिध सांस्कृतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष महेशराज पौड्याल, मोतीराम तिमल्सिना, प्याब्सनका सह–सचिव डिवी ऐडी लगायत विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियोे ।
